ढाकावाङ्गका कृषकलाई घाँसका बिरुवा वितरण

| २०७९ असार १६ गते १९: २८ मा प्रकाशित

टेकराज भुसाल
जेठ १६ ,अर्घाखाँची । भुमिकास्थानकाे ढाकावाङ्गमा रहेको प्रगति कृषक सहकारी संस्था लिमिटेडकाे मातहतमा रहेको  मल्टीप्लायर हर्डले कृषकहरुलाई घाँसका  बिरुवा वितरण गरेको छ।  

जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीले शतप्रतिशत अनुदानमा उपलब्ध गराएका ३००० पिस भटमास घाँस, किम्यु, शिरीष, इपिलिपी, बकेनाे घासका बिरुवाहरु वितरण गरिएको हो।

कृषकहरुलाइ भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ का वडाध्यक्ष बुद्धि बहादुर थापा, प्रगति कृषक सहकारी संस्था लिमिटेडका अध्यक्ष भुवानन्द भुसाल, मल्टीप्लायर हर्डका अध्यक्ष माेहन भुसालले बिरुवाहरु वितरण गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्