दुबै मृगौला फेल भएका ढिकुराका सुन्दर परियारको उपचारमा आर्थिक अभाव

| २०७९ सावन २० गते १८: ४६ मा प्रकाशित

प्रेमनारायण आचार्य ,सन्धिखर्क।दुबै मृगौला फेल भएका अर्घाखाँचीकाे भुमिकास्थान ९ ढिकुराका सुन्दर परियारको उपचारमा आर्थिक अभाव भएको छ । 

भुनपा ९ का  दलित महिला  वडा सदस्यका श्रीमान सुन्दरकाे उपचारका लागि सन्धिखर्क १ काे स्याले टाेल बिकास  समितिकाे पहलमा स्थानीयले उठाएर २४ हजार ४ सय ५५ रुपैया अआर्थिक सहयोग  हस्तान्तरण गरिएको छ । उक्त रकम निजको श्रीमती कमला परियारलाई हस्तान्तरण गरिएको हाे । 

भुमिकास्थान ९ का  पुर्ब वडा अध्यक्ष नारायण खनाल र लायन्स क्लब अफ अर्घाखाँचीका सचिव मिरा केसी  सेजवालले आर्थिक सहयोग अभियान सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्