भुमिकास्थानमा बहुबिवाहका फरार प्रतिबादी पक्राउ

| २०७९ भदौ ५ गते १६: ३३ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। भुमिकास्थान नगरपालिका वडा नम्बर ३ का बहुबिबाहको मुद्वामा फरार रहेका एक ब्याक्ति पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा भुमिकास्थान निवासी गङ्गा बहादुर बिक रहेका छन्। बिकलाई अर्घाखाँची जिल्ला अदालतले बहुबिवाहको मुद्वामा मिति २७९ /०३ /२८ गते का दिन एक बर्ष सजाय तोकेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ। 

बहुविवाहमा फरार रहेका गङ्गा बहादुर बिकलाई एक गोप्य सुचनाको आधारमा पक्राउ गरि निजलाई कैद भुक्तानको लागि जिल्ला प्रसाशन कार्यालय अर्घाखाँचीले ,अर्घाखाँची जिल्ला अदालतमा उपस्थितिमा गराएको खबर प्राप्त भएको छ। 

प्रतिक्रिया दिनुहोस्