भुमिकास्थान नगरपालिकामा निकै कम मतदान

| २०७९ मंसिर ४ गते १७: ४४ मा प्रकाशित

गुरुदेव खनाल।भुमिकास्थान नगरपालिका निकै कम मतदान भएको छ जनताहरु मतदान गर्न उत्साहित नभएको देखियो। स्थानीय चुनाब भन्दा यतिबेला प्रदेश र संघ  को चुनाव थोरै मत खस्नुले अनेक अर्थहरु राख्द छ। 

भुमिका स्थान नगरपालिका सबै बुथमा शान्ति पुर्ण रुपबाट मतदान भयको छ। मत खसेको विवरण निम्न बमोजिम छ।

बाल शिक्षा मा.बि सामने गाउमा ६७१,
विश्व मा.बि पिपलनेटा मा ७९३

ढाकाबाङ्ग भगवती नि.मा.बि मा ४५२

 बालजोती अमलाचौरमा ८१९ गरि जम्मा २७७५ मत खसेको छ यो कुलमतदाता मध्ये लगभग ५२% मात्र भोट खसेको हो भने स्थानीय चुनाब मा खसेको भोटको तुलनामा २० देखी ३० प्रतिशत सम्म गिरावट भएको छ।

प्रतिक्रिया दिनुहोस्