भुमिकास्थानको गौंचोर दहमा बुद्धको मुर्तिको उद्घाटन

| २०७९ मंसिर २६ गते १९: ५८ मा प्रकाशित

गङ्गासागर खड्का।भुमिकास्थान नगरपालिका वार्ड नं ९ को गौचौर दहमा महामानव गौतम बुद्धको शालिक स्थापना गरिएको छ । आज बाजागाजा र तामझामका साथ गौतम बुद्धको मुर्तिको उद्घाटन गरिएको हो । स्थानीय हरुको ब्यापक उपस्थित , सामाजिक ब्यक्तित्व , बुद्दीजिबी हरुको उपस्थितले उद्घाटन निकै हौसला पुर्ण देखिन्थ्यो । 

झण्डै डेढ लाखको ( १,५०,०००) लागतमा उक्त शालिक निर्माण गरिएको स्थानीय सामाजिक ब्यक्तित्व किशोर रासकोटीले जानाकारी दिनु भयो । जुन शालिकको सम्पुर्ण लागत/खर्च स्थानीय मनकारी ब्यक्तित्व दिपक बरौलेले गर्नुभएको छ । वहाले सामाजिक कार्यमा धेरै पटक सहयोग पनी गर्दै आउनुभएको छ। 

निकट भविष्यमा यो बुद्ध बाटिका लाइ थप ब्यवस्थित र आकर्षक बनाउने लक्ष्य रहेको मन्दिरका डिजाइनर मिस्त्री थम्मन बरौलेले बताउनुभयो । बैशाख पूर्णिमाको दिन बुद्ध जयन्तीमा मेला भर्ने योजना रहेको यहाका केशव सुनारले जानकारी दिनुभयो । 

आजै समिति गठन गरी कोष स्थापना गरेर बुद्ध बाटिका लाइ थप आकर्षक बनाइने छ । ब्यक्तीगत लगानीमा गरिएको यो कार्यलाइ सबैले स्थानीय हरुले प्रशंशा गरेका छन । सामाजिक एकता र शान्तीको राम्रो संदेश प्रवाह हुने आकलन गर्न सकिन्छ । निकट भविष्यमै यहा पर्यटक भित्र्याउन सके फोटो खिच्न , टिकटक भिडियो हरु बनाउन निकै उचित ठाउ देखिन्छ ।

 बुद्धको शालिक स्थापना 

जुन कार्यक्रम जनक थापाको सन्चालन , दिपक बरौलेको बिशिष्ट अथित्व  , प्रेम गैरेको प्रमुख अथित्व ,  सामाजसेवी थम्मन बरौलेको अध्यता/र समापन , सन्चारकर्मी गङगासागर खड्काको बिषेश मन्तव्यमा समापन भयको थियो ।

प्रतिक्रिया दिनुहोस्