रेडक्रस धनचौरको सभापतिमा डिलाराम पाण्डे निर्वाचित

| २०७९ फागुन १८ गते १३: ३२ मा प्रकाशित

फाल्गुन-१८,अर्घाखाँची ।नेपाल रेडक्रस सोसाइटी धनचौर उप-शाखाको सभापतिमा डिलाराम पाण्डे निर्वाचित हुनुभएको छ ।

मङ्गलबार धनचौरमा सम्पन्न संस्थाको १७औं साधारणसभा तथा अधिवेशनले सभापति पाण्डेको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसहमत गठन गरेको हो । 

अधिवेशनबाट गठित समितिको उप-सभापतिमा सरस्वता भट्टराई चयन हुनुभएको छ । समितिको सचिवमा धर्मराज भट्टराई,सह-सचीवमा भिमलाल भुसाल,कोषाध्यक्षमा इमानसिं नेपाली र सह-कोषाध्यक्षमा यम बहादुर नेपाली सुधीर छनौट हुनुभएको छ । यस्तै धनचौर उपशाखाको नवगठित कार्यसमिति सदस्यहरुमा बिष्णु प्रसाद भट्टराई,बिष्णु प्रसाद चुदाली,नमकला कुवर,देवकला बुढा र अभिलाषा भट्टराई चयन हुनुभएको छ । 

निवर्तमान सभापति टान प्रसाद भट्टराईको अध्यक्षता,उप-सभापति डिलाराम पाण्डेको स्वागत मन्तव्य र सचीव पुर्णबहादुर भट्टराईको संचालनमा सम्पन्न  कार्यक्रममा आजिवन सदस्य,स्थानीय बुद्धिजीवीहरु तथा सरोकारवालाको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्