तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको उपाधि अर्घाखाँचीबुलेटिनलाई

| २०७९ फागुन २३ गते १७: ३८ मा प्रकाशित

पिताम्बर थापा ,अर्घाखाँची। अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ काे ढाकावाङ्गमा तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको चौथों दिनको फाइनल खेलमा अर्घाखाँचीबुलेटिन भलिवल क्लबले रोयल ढाकाबाङ्गलाई पराजित गर्दै उपाधि उचाल्न सफल भएको छ। 

अर्घाखाँची बुलेटिन भलिवल क्लबले रोयल ढाकाबाङ्ग भालिवल क्लवलाई ३- ० को सिधा सेटमा पराजित गर्दै तेश्रो पिपलनेटा खुल्ला भलिवल प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो। 

पिपलनेटा बजार विकास संस्था भुमिकास्थान नगरपालिका १ र २ को आयोजनामा शुरु भएको तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिताको भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले उद्घाटन गरेका थिए। 

तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगितामा ७ टिम सहभागी रहेका थिए।

अर्घाखाँची बुलेटिनको तर्फ बाट राष्ट्रिय खेलाडी सुरेन्द्र गुराउ ,कमल गहतराज ,चिरन खड्का ,र अन्य खेलाडी  बिकास गिरि ,बिनोद बिसी ,आसिश ,सरद रहका छन्। जसमा टिम कोच मनोज सापकोटा ,सन्तोष शर्मा ,झनक केसी र प्रत्यक्ष लाइभमा पिताम्बर थापा को भूमिका रहेको थियो। 

अर्घाखाँची बुलेटिन भलिवल क्लब

उपाधि जित्ने अर्घाखाँचीबुलेटिन भालिवल क्लवले रु - ७१,००० हजार  मेडल ,ट्रफि प्रमाणपत्र हात पार्न सफल भएको छ, भने उप- बिजेताबन्न सफल रोयल ढाकाबाङ ले रु ५१,००० हजार राशी मेडल,ट्रफी र प्रमाणपत्र हात पारेको हो । 

तेश्रो संसकरणको पिपलनेटा खुल्ला भलिवलमा तेश्रो स्थान भने हंसपुर भलिवल क्लवले हात परेको छ। तृतीया स्थान हाँसिल गरे संगै  उक्त तिम्ले ३१.००० हजार  राशी ,मेडल ,ट्रर्फी र प्रमाणपत्र प्राप्त गएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा रोयल ढाकाबाङ्गका खेलाडी नवीन महत्तो उर्फ "  पुतली" ले हात पारेका छन्। 

 

प्रतिक्रिया दिनुहोस्