यो बर्षपनि मौद्रिक नीति समय सापेक्ष आउन जरुरी छ: काशीराम घिमिरे

| २०७८ असार २४ गते १२: ०५ मा प्रकाशित

आगामी बर्ष ७८/८९को मौद्रिक नीति नेपाल रास्ट्रबैंक ले केहि  दिनमा सार्बजनिक गर्दैछ।मौद्रिक निती के कस्तो आउला भन्ने बारेमा सबैको एउटा चासोको विषय पनि बनिरहेको छ।गतबर्ष जस्तै यो बर्षपनि कोभिटको महाँमारीले झनै गालेको छ।त्यसैले यो बर्षपनि मौद्रिक नितिले धेरै कुरामा सम्बोधन गर्नुपर्ने हुन्छ।सम्पुर्ण क्षेत्रहरु सम्बोधन गर्नुपर्ने हुन्छ।जसले गर्दा गतसालको जस्तै मौद्रिक नीति आबस्यक छ।मौद्रिक नीति भन्नाले देशमा आर्थिक स्थिरता कायम राख्ने, ब्याजदर स्थिरता ,बैकिङ सुशासन ,आर्थिक स्थायित्व ,तरलता ब्यबस्थापन ,तथा मौद्रिक ब्यबस्थापन पर्दछ्न।जसले गर्दा रोजगारी सिर्जना ,आर्थिक वृद्धिदर कायम राख्ने मुद्रा प्रदाय क्षेत्रमा सहयोग गर्छ।

देशमा यो अबस्थामा पनि मुद्दास्फिदि नियन्त्रणमा नै छ।शोधानान्तर स्थिति बचतमा नै देखिन्छ ।बिदेशी बिनिमय संचित नै छ।कर्जाको ब्यजदरमा कमि नै छ।यसअवधिमा बिधुतिय कारोबार पनि बढिछ।कोभिट माहामारी का कारण सम्पुर्ण क्षेत्र प्रभाबित भएको अबस्थामा यो बर्ष पनि पुनर कर्जाहुनु जरुरी छ।गतबर्ष २०%सम्म पुनर कर्जा हुने नितिमा थियो यो बर्षपनि यो अत्यन्तै आबस्यक हुने देखिन्छ ।गत बर्षको नितिले केही प्रभाव पारेतापनी उक्त नीति केही लागू भयो तर कोभिट माहामारी पुन दोहोरिने कारण बाट्पुर्ण हुन हकेन तर नीति राम्रो थियो ।

कोभिटको कारण बढी पर्यटन क्षेत्र होटल रेस्टुरेन्ट ,उधोग क्षेत्र ,व्यावसायिक लगायत सम्पुर्ण क्षेत्र प्रभावित भएका छ्न।यो बर्षपनि गतसालको पीडा एकातिर छँदाछँदै उक्त क्षेत्र पुर्ण नखुल्दै पुर्ण रूपमा संचालित नँहुदै पुन कोभिटको कारण लकडाउनका मा परेका छ्न थप संकटमा छ्न ।जसको कारण उक्त क्षेत्रलाई जिवन्त राख्न पुनर कर्जा हुनु जरुरी छ।यो गरेमा मात्र सम्पुर्ण क्षेत्र जिवन्त हुनसक्छ।कर्जा लगानी गरेका बैकपनि सुरक्षीत हुनु जरुरी छ।कर्जालगानी गरेर मात्र हुँदैन त्यो अनुसार उक्त क्षेत्र चलाएमान हुन जरुरी छ।चलएमान भइ उक्त कर्जा तिर्न सक्ने स्थिति हुनुपर्छ।जसको लागिपनी पुनर कर्जा भइ सम्पुर्ण क्षेत्र चलाएमान हुन जरुरी छ। 

अर्कोकुरा जति निषेध आज्ञाभयो त्यो अवधी भर कर्जामा कुनै हर्जना लिन नपाउने भन्ने र सावाँको लागि अवधी थप गर्ने तरिका वा मौद्रिक पोलिसि यो बर्षपनि आउनु जरुरी छ।र थपकेही महिना सम्म धितो लिलाम गर्न नपाउने नीतियो बर्षपनि हुन जरुरी छ। बैंकको मर्जर सम्बन्धि गत बर्षको नीति थियो त्यो यो बर्षपनि हुनुपर्छ जसको कारण विभिन्न बाणिज्य बैक ,बिकास बैक हरु मर्जर भएका छ्न ।
माइक्रोफाइनान्स हरुको लाइसेन्स प्रक्रिया रोक्का र ब्याज दरमा कमि र सेवासुल्कमा जुन ०.५पर्तिसत थियो त्यो हुन जरुरी छ।यो निरन्तरता हुनुपर्छ ।रास्ट्रबैंक र बैंकबिचको सम्बन्ध सुमधुर हुनु जरुरी छ।गतसाल सेयर बजार सम्बन्धि राम्रो नीति आएको थियो जस अन्तर्गत ७०%सम्म कर्जा दिने नीति ठिक थियो जसकोकारण सेयरबजारमाथिल्लो स्थितिमा छ।यो बर्ष प्रभाबित पार्ने खालको नीति आउन पनि सक्छ यो फेरबदल गर्नु हुँदैन।
सेयर बजारमा राम्रो चलाएमान हुँदाबजार माथिल्लो बिन्दुमा छ राम्रो कारोबार भएको हुँदापनि दिनमै १७अर्बमाथी कारोबार भएको थियो ।जसको कारण राजस्वको श्रोतपनि राम्रो रहेको छ।जसको कारण यदि सेयर बजार लाई चलाएर अर्थ हुँदैन ।

यो साल पनि मौद्रिक निति मार्फत कर्जाको ब्याजदरमा स्थिरता र तरलता  ब्यबस्थापन हुन जरुरी छ ।गतसाल जस्तो तरलता बैकमा नहुनसक्छ त्यो ब्यबस्थापन हुन जरुरी छ।कर्जा लगानी गर्दा छिटो छिटो लगानी फिर्ताहुने खालको ठाउँमा लगानी गर्नुपर्ने हुन्छ।विशेष गरि कृषिक्षेत्रलगायत औधोगिक क्षेत्रमा लगानी बढाउनु जरुरी छ कोभिट्को कारण धेरैको रोजगारी गुमेको छ।जसले गर्दा रोजगारी सिर्जना र आर्थिक स्थिरता कायम गर्न।monitary policy राम्रो हुनु जरुरी छ।जसको कारण देशमा आर्थिक स्थिरता कायम राख्न ,बेरोजगार हट्टाउन ,आर्थिक चलायमान बनाउनको लागीपनि देशमा यो बर्षपनि समय सापेक्ष मौद्रिक  नीति आउने गर्नुपर्छ जसले गर्दा यो परिस्थिती सामना गरि फेरि नेपाली अर्थतन्त्रले राम्रो गति लिन सकोस ।

प्रतिक्रिया दिनुहोस्