प्रदेशीलाई के दशैं के तिहार- गजल: नविन बस्याल

| २०७८ असोज १७ गते २२: ०२ मा प्रकाशित

परदेशीलाई के को हुन्थ्यो दशै के तिहार ?
धनको भरमा ढल्छ जीबन बारम्बार॥

समुन्द्र पारीको बस्तीबाट सबै सबैलाई
सम्झ्नाछ मेरो खुसी रहनुस सदाबहार ॥

नया रंग नया ढंग उन्नती प्रगति होस
यही छ शुभ कामना दशैको दमदार॥

रमाउने मात्र होईन विचार बदलियोस 
फेरियोस संसार ईतिहाँस होस होनहार ॥

प्रदेशीलाई न तीज न दशै न तिहार ?
धनको भरमा ढल्छ जीबन बारम्बार॥
नविन बस्याल प्यूठान 
हाल जापान

प्रतिक्रिया दिनुहोस्