युवाबिनाको शहर हुने भो मेरो देश

| २०७८ पौष ८ गते १७: १५ मा प्रकाशित

आर्काको भरमा मात्रै निर्भर हुने भयो  
जन्म नेपाल र कर्मको अर्कै घर हुने भयो  

गम्भीर छ नेपालीको भबिष्य र जीबन 
कमाउन न हिडे मरिन्छ भन्ने डर हुने भयो  

मर्दा मलामी पर्दाको जन्ति युवा छैन देशमा 
रोजगार न हुदा बिदेशीन कर हुने भयो 

दिनहुँ घुँइचो छ बिमानस्थलमा देश छोड्नेको 
ऊर्जाशील युवा बिनाको शहर हुने भयो  

न बिकाश हुन सक्छ न सुख शान्ति देशमा 
सुकेको खोलाको जस्तै बगर हुने भयो  

✍️ नवीन बस्याल  
स्वर्गद्वारी नगरपालिका ,२ प्युठान

प्रतिक्रिया दिनुहोस्