जिन्दगी दुःखाउने यो पैसा कहाँ छस ? नवीन बस्याल

| २०७८ पौष १५ गते १८: ४९ मा प्रकाशित

( गजल ) 

जिन्दगी दुःखाउने यो पैसा कहाँ छस ?

जिन्दगी दुःखाउने यो पैसा कहाँ छस ?
मेरो सारा खुसी लुकाउने पैसा कहाँ छस ?

खोज्दैछु म प्रदेशको गल्ली गल्ली  ,
ठाडो शिर झुकाउने पैसा कहाँ छस ?

बैरी रहेछ्स खोज्दा न भेतिने कतै ,
सर्वस्व मेरो फुकाउने पैसा कहाँ छस ?

  कपटी तँ दुनियाँ खोसिस आफैले ,
प्रगति मेरो चुकाउने पैसा कहाँ छस ?
 
भेटेन मैले जो तेरै निम्ति गल्थ्यो ,
जीउ ज्यानै सुकाउने पैसा कहाँ छस ?

नवीन बस्याल प्युठानी हाल जापान

प्रतिक्रिया दिनुहोस्