कहाँबाट कसरी कसले पैसा बनायो सबैले समय भरि त्यसमा नैं खनायो

| २०७८ पौष १५ गते २१: २९ मा प्रकाशित

पारश भट्टराई ,ढिकुरा। 

नचाहिने हैन पक्कै सबैलाई चाहिन्छ
मिहिनेत नै नगरि त खै कसरी पाईन्छ
   
 उठेदेखि बेलुका सम्म त सकिन्छ हो कति
  कसैले  पनि भयो भन्दैनन् नि भए नि जति
 
नाम चाहिँ राख्यो कसले यसको पैसा भनि
गरिब र धनि छुट्याउने त कारण हो यो पनि

पैसै  बाट  कोही मानिस त भैसके महान
बाड्ने बेला त  सबैलाई  गरेहुन्थ्यो समान

 कोही मानिस  थालिसके  यसकै निम्ति मर्न
कहाँबाट गएछ नि सबैलाई आबश्यक पर्न                  

संसारमा नै  छैन केही रे पैसा भन्दा नि ठूलो।         
पैसा कै लोभमा कोही त आफ्नो पद नै भुलो    

मानिस  पछि  परे यसैलाई नै सबथोक ठानि   
यसकै  कारण  परिसक्यो भ्रष्टाचार को बानी

पुगेपछि त भने हुन्थ्यो भयो मलाई त टन्न
सबैको सोच नै छनि त सबैलाई धनि बन्न

पैसा लेखिन्छ सधै सबैमा यसलाई लेख्दा
कागज जस्तै नै देखिन्छ झट्ट यसलाई हेर्दा

प्रतिक्रिया दिनुहोस्