निडरका साथ भनिदेउ न तिमी छट्टु हौ: जनकराज पौडेल

| २०७८ पौष २९ गते ०१: ५२ मा प्रकाशित

कृत्रिम स्याऊ बजारमा आएका छन्
 तिमी आफै हेर छाम 
के त्यो साँच्चिकै अर्गानिक हो
 वा प्लाष्टिक ?
यदि प्लाष्ट्रिक हो भने
 तिमी निडरका साथ भनि देऊ
 तिमी छट्टु हौ 
मलाई झुक्काउँदै छौ ।

चाहे त्यो चमत्कार नहोस्
 तर पोषणयुक्त छ जुन
 मैले खादै आएको छु
 म त्यहि खान्छु ।

मलाई चाहिंदैन असारमा रोपेर
श्रावणमा पाक्ने चामल 
त्यो विषादीयुक्त छ 
म छिट्टै अस्वस्थ बन्ने छु ।

मलाई बरु ढिलै भउस् 
म प्रकृतिको नियम संगत
  फलेको चामल नै कुर्छु
 बरु समय पर्खिदिउलाँ ।

  विषादी प्रयोग गरेको 
 फल चमत्कार देखिएला
 धेरैको आखाँ त्यतै पर्ला 
  नाटक जस्तो  
मञ्च बाट गायव भई हाल्छ ।
 
त्यसैले म नियम संगत चल्छु 
 वैलर कुखुराले वेग हान्न सक्दैन 
आफैमा गुटुमुटू हुन्छ उसमा कृतिम मिसाएको छ ..    
घर पालेको कुखुराले वेग हान्छ 
 उ नियम संगत हुर्केको छ । 

मलाई वेग टाढाँ टाढाँ हान्ने मन पर्छ
एक छिन दौडेर विचमै खस्ने भन्दा
मलाई लामो समय सम्मको तेज मन पर्छ।
सुगन्ध आई एकै छिनमा मेटिने भन्दा ।

प्रतिक्रिया दिनुहोस्