गजल , MCC बिरुद्ध आगो बाल्नु पर्छ 

| २०७८ फागुन १६ गते २०: ३१ मा प्रकाशित

उठ राष्ट्रप्रेमी mcc बिरुद्ध आगो बाल्नु पर्छ 
अमेरीकाको mcc स्वीकार छैन फाल्नु पर्छ 
।।
सुनेन सरकार आन्दोलनको नारा र जूलुसले
देशभक्त नारिकले न्यायको मुद्दा हाल्नु पर्छ 
।।
मधेस उठ्यो पहाड उठ्यो उठ्यो हिमाल पनी
भन्दैछन् सबै मिली अमेरीकालाई गाल्नु पर्छ
।।
हाम्रो भूमिमा बिदेशी सेना पस्दा ह्त्या हिंसा हुन्छ 
यो mcc भन्ने प्रोजेक्टलाई  जह्रैबाट ढाल्नु पर्छ
।।
जाग ए देशका नायकहरु दिन आयो जुरमुराउने 
राष्ट्रघातीलाई पाखा लगाई देश सम्भालनु पर्छ ।।

नवीन बस्याल प्यूठान 
हाल जापान

प्रतिक्रिया दिनुहोस्