नेता हैन,व्यवस्था फेरौं: नविन बस्याल

| २०७८ चैत १८ गते १५: ५२ मा प्रकाशित

समय आयो चुनावको
हल्ला छ
चोक चोकमा
गल्ली गल्लीमा
गाउँ गाउँमा
टोल टोलमा
ठाउँ ठाउँमा
घर परिवारमा

आश्वासन,
नेताहररू आश्वासन बाँडी रहेका छन्
म शिक्षा व्यवस्था परिवर्तन गर्छु
म स्वास्थ्य व्यवस्था परिवर्तन गर्छु
हामी कानूनको पालना गछौँ र गराउछौँ
म गाउँ नगर विकासमा परिवर्तन गर्छु
म वडा वडामा परिवर्तन ल्याउँछु
अब म र मेरो पार्टीले गर्छौं
अब हामीलाई विश्वास गर्नूस्

अब हामी नयाँ विचारको राजनीति गर्छौं
जनतामा नयाँ आयाम नयाँ किरण छर्छौं
युवा युवतीलाई विदेश जान बाध्य बनाउँदैनौँ
देशमै कल कारखाना रोजगार सृजना गर्छौं
बृद्धा आमा बाको भत्ता बढाउँछौँ
महिलाहरुमा सुरक्षाको अनुभूति गराउछौँ
हामीलाई भोट दिनूस्
हामीलाई जिताउनूस्

हिजो जितकाले
एक घर एक धारो निर्माण गरेनन्
घर घरमा बत्ती पुराएनन्
गाउँ गाउँमा बाटो पुराएनन्
टोल टोलमा स्कूल खोलेनन्
छुवाछुतको अन्त्य गरेनन्
जातीय प्रथा अन्त्य गरेनन्
ह्त्या हिंसा बलात्कार जस्ता घट्ना
रोकिएनन्
बाल बिवाह रोक्न सकेनन्
गरीब दीन दुःखीको लागी बोलेनन्

आरोप,
हिजोका मेयरले केही गर्न सकैनन्
हिजोका उपमेरले केही गरेनन्
हिजोका वडाअधक्ष्यले केही गरेनन्
हिजो जितेकाले गरेनन्
हिजो जितेकाले जनताको भावना बुझेनन्
हिजो जितेकाले कसैलाई सम्बोधन गर्न सकेनन्
हिजोका पार्टीले केही गर्न सकेनन्

मेरो आव्हान,
सुन नेता
व्यक्ति र पार्टी फेरिएको होइन
व्यवस्था परिवर्तन जरुरी छ
भ्रष्टचार र घुसखोरीलाई
फेर्न जरुरी छ

शिक्षामा व्यापारीकरण गर्नेलाई
फेर्न जरुरी छ
कानून हातमा राख्नेलाई
फेर्न जरुरी छ
अस्पताल निजीकरण गर्नेलाई
फेर्न जरुरी छ
कलकारखाना निजीकरण गर्नेलाई
फेर्न जरुरी छ
विदेश जाँदा जहाजमा जाने
फर्किँदा बाकसमा फर्किने
दुःखका घट्ना फेर्न जरुरी छ
हिजोका आँशुलाई
आज खुसीमा परिणत गर्न जरुरी छ

आमाका मुस्कान हराई सके
बाबाका सपना तुही सके
दिदीको लक्ष्य अलमलियो
बहिनीको पढाइ रोकियो
भाइको आँखा रसायो

सचेत,
सचेत बनौँ हाँसो ल्याउने दिन चिनौँ
होसियार बनौँ खुसी हेर्ने दिन बुझौँ
संगठित बनौँ माटोको अस्तित्व जोगाऔँ
जागौँ चिनौँ सिमानामा काँडे तार लगाऔँ
सुतेका नेपालीलाई जगाऔँ
भूल भएका गल्ती सच्याऔँ
हाम्रो होइन राम्रोलाई जीताऔँ
देश बेच्नेलाई होइन रक्षा गर्नेलाई जिताऔँ
नेता होइन व्यवस्था फेरौँ

नवीन बस्याल, प्युठान
(हाल जापान)

प्रतिक्रिया दिनुहोस्