सर्वसाधारण जनताले अब आँखा खोल्ने बेला आयो

| २०७९ बैशाख १३ गते २०: ०९ मा प्रकाशित

स्थानिय चुनावले माहाेल तातिरहेकाे बेला  साथीसँग राजनीतिक गफ भयो। देशको बिग्रदो अबस्थामा साथी निकै चिन्तित थिए। पढेलेखेका र राजनीति बुझ्ने उनलाई थाहा थियो देश कसले बिगार्‍यो भन्ने। उनी भन्थे ‘यो देश बिगार्ने जिम्मेवार दलहरू कांग्रेस, एमाले र माओवादी नै हुन् यसमा कुनै शंका छैन।’ मैले भने ,‘अनि किन भोट चाहिँ सूर्यमा,रूखमा र हसिया हथौड़ा मा नै हाल्छौ त साथी?’  उनले लाचार जवाफ दिए-के गर्नु  हाम्रो बाजे पनि एमाले, बाउ पनि एमाले, दाजुभाई छर छिमेक सबै एमाले छन्। म मात्र कसरि अर्को दलमा लाग्न सक्छु? बस्नुपर्छ भोलि यही समाजमा, गाह्रो छ साथी।’ यसाे हेर्दा परिवर्तन पनि चाहाने र बिकल्प राेज्न पनि नसक्ने देख्छु म अनि साथि भन्छ 

के गर्नु  साना पार्टीलाई कसैले टेरेनन् कसैले कुरा नै सुन्दैनन् अब राजनीतिमै लागेपछि ठूलै पार्टीमा लाग्नु पर्दो रै’छ।’ भन्याे हामी आफै स्वार्थमा बिक्छाै अनि कुरा गर्ने अरूका ?

एकजना साथि भन्दै थियाे म त काङ्ग्रेसले भेडा बाख्रा लाइ उमेदवार उठाए पनि उसैलाइ भाेट दिन्छु भनेर युवा पुस्ताकाे यस्तो चेतना देख्दा मलाई पडाे दु:ख लाग्छ । 

नेता आफ्नो स्वार्थमा देश बेच्न थालिसके भ्रष्टाचारले भकारि फुट्न लागि सके  कार्यकर्तालाई सबै थाहा छ तर पनि उसकै झोला बोकेकै छन्। उसकै गुनगान गाएकै छन् बरू हामी हाम्रो बाउलाई कसैले चोर डाँका भनेको सहन्छौ तर आफ्नो पार्टीलाइ कसैले नराम्रो भनेको सहदैनौं। वास्तवमा भन्ने हो भने यो अन्धभक्त कार्यकर्ताले डुबाएको देश हो। अन्धभक्त जनताले डुबाएको देश हो। अन्धभक्तले कसैको हित गर्दैन। नेपाललाई कसरि गर्थ्यो? 

अबकाे स्थानिय चुनावमा आँखा खाेल्नुस अत्र देश पछाडि धकेल्नुकाे जिम्मेवार तपाई हुनुहुन्छ ।मतदान गर्ने दिन अाइ नै सक्याे  चुनावमा दुई पैसा चन्दा दिन सक्ने हैन, आउँदा दिनमा तपाईं हामीलाई कहिल्यै कसैसँग चन्दा लिनु नपर्ने एउटा स्वावलम्बी नागरिक बनाउन सक्ने सक्षम र मिहिनेती नेता तथा जनप्रतिनिधिहरूको छनोट गरौं ।

जनताको राजनीतिक सोँच पनि परिवर्तन भइदिएको भय सायद आज यो स्तम्भकारले यो स्तम्भ लेख्नु पर्दैनथ्यो होला। अब हामीले आँखा खोल्ने बेला आयो। मिठा मिठा घोषणा पत्र लिएर आउनेलाई भोट दिएर उनीहरुको देश डुबाउ अभियानलाई बैधानिकता दिने कि देश जोगाउन खोज्न खोज्ने? देश डुबाउने र जोगाउने कुरा निधारमा लेखिएको हुँदैन कसरि  थाहा पाउने भन्ने प्रश्न उठ्न सक्छ जुन स्वाभाभिक पनि हो तर यसको उत्तर पनि छ, कमसे कम वर्षौदेखि गलत काम गरेर प्रमाणित भइसकेकालाई थप मौका नदिउ। देशमा च्याउसरी नयाँ पार्टीका र स्वतन्त्र उमेदवार  पनि आएका छन्।  पुराना दलले /उमेदवारले राम्रो काम गर्दिएको भए पक्कै पनि यी च्याउ उम्रने थियनन्। यी च्याउलाई हेर्ने फुर्सद कसलाई हुन्थ्यो र? त्यसैले यी बर्खे च्याउ उम्रनुको अप्रत्यक्ष्य कारण पनि यिनै दल र नेता हुन्। यो सत्य हो र सत्यलाई स्वीकारौं।


हामी जनता यसकारण विवादास्पद कि हामी राजनीतिक पार्टीलाई आफ्नो धर्म ठानेका छौं जुन राम्रो होस् कि नराम्रो अपरिवर्तित हुन्छ।पार्टी भनेको साधन हो देश जोगाउने र विकाश गर्ने साध्य होइन। पार्टी हाम्रो धर्म पनि होइन जुन परिवर्तन गर्न हजार पटक सोच्न परोस्। बारम्बार नराम्रो गरेर प्रमाण पत्र झुन्ड्याई सकेकालाई फेरि पनि विश्वाश गर्नुभन्दा बरू सानै किन नहोस नयाँलाई मौका दिएर हेर्नु बुद्दिमानी होला कि! 

अनि नेताले काम गरेनन् भनेर हामी उनीहरुलाई गालि पनि गरिरहेका छौं। गहिरिएर सोच्ने हो भने हामी पनि नेता जस्तै विवादास्पद छौं। यस्तै राजनीतिले देशलाई जेलेको छ। यो गुजुल्टो फुकाउन नै २-३ दशक लाग्न सक्छ। त्यो पनि स्पस्ट उद्धेश्यसहितको राजनीतिक शक्ति देशमा उदाईहाल्यो भने मात्र। विकास त कहिले हो कहिले।

निर्वाचनमा केवल नीति कार्यक्रम र आफ्नो स्वच्छ छविकै आधारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउने जिम्मेवारी अरू कसैको हैन जनताको नै हो। जब जनताले भडकिलो चुनावी प्रचार, खर्चिलो प्रचार समूह अनि चुनाव उठेको बेला नै हो फाइदा उठाउने भन्ने  लालची संस्कारलाई वाईवाई गर्न सक्छन तव मात्रै  मुलुकभर खराब प्रवृतिका पात्रहरु हैन असल प्रवृति र पात्रहरुको वोलवाला हुनेछ अनि राजनीति सम्मानित र नेताहरु स्वच्छ र इमान्दार हुनेछन्।
सर्वसाधारण जनताले ठण्डा दिमागले सोचेर यस्तो महंगो निर्वाचनको चुनौती स्वीकार गरेर मैदानमा उत्रिन वाध्य पारिएका उमेद्वारहरुले विजित भएर जनअपेक्षा अनुरुप काम गर्ने भन्दा पनि आफ्ना दाताहरुको स्वार्थ अनुरुप काम गर्ने वा निर्वाचनमा लागेको ऋण तिर्नमा आफ्नो ध्यान लगाउने सत्यसँग आफूलाई वाकिफ गराउनुपर्छ। त्यसो हुनसक्दा कम खर्चिलो चुनाव अनि त्यसबाट स्वच्छ वा कम भष्ट जनप्रतिनिधि छनोट हुनसक्ने छ। 

आजैबाट आफूलाई भडकिलो र खर्चिलो चुनावको विपक्षमा उभ्याउँ, ताकि अहिले अबकाे  निर्वाचनमा फेरि  रित्तो खल्ती भए पनि जनताको सेवा प्रति प्रतिवद्धहरुले आफूसँग पैसा र  ठेकदार नभएकै कारण आफूलाई चुनाव उठ्न अयोग्य र असक्षम नठानुन्! र तेस्ता उमेदवार नहारून याे जिम्मा तपाईं हाम्रो हाे । यी कुराहरू मतदान गर्नुपुर्व गहिरियर विचार गरिसकेपछि मात्रै मतदान गर्नुहाेला ।।

प्रतिक्रिया दिनुहोस्