"क्रान्तिकारी " खिमराज चालिसे

| २०७९ सावन १५ गते १८: ४४ मा प्रकाशित

आकाश जस्तै सफा हुन्छ निती दृष्टिकोण को पक्का हुन्छ ।
समुन्द्र जस्तै गहिरो हुन्छ दर्शन प्रति विश्वास हुन्छ ।।

मार्क्सवाद र वर्ग संघर्ष उस्को यहि पहिचान हुन्छ।
सशस्त्र संघर्ष र साम्यवाद उस्को महान लक्ष्य हुन्छ।।

क्रान्तिकारी मान्छे हरु को धर्तिमा बेग्लै पहिचान हुन्छ।
ज्वाला मुखीको लाभामा हिड्दै संसार फेर्ने सोच हुन्छ।।

खुकुरी धारमा  पर्दा पनि  अचानो लाइ तर्साउँछन्।
बारुदको खानमा पर्दा पनि दुश्मन लाइ तर्साउँछन्।।

ज्वारभाटा सँग भिडदै बढने अटल त्यो जोस हुन्छ।
संकटका जन्जीर तोडेर नै संसार बदल्ने सोच हुन्छ।।

अंधकार भित्र नै आँखा देख्ने दृष्टि उनको तिखो हुन्छ।
बादल भित्र बादल संगै लडन  सक्ने त्यो शक्ति हुन्छ ।।

अनकन्टार भिर बाटै दुश्मन हरू लाइ हाक दिन्छ।
असफलता र मृत्यु लाई नै सधै उस्ले पन्छाई दिन्छ।।

क्रान्तिकारी बिचार बोक्ने मानिस यो धर्तिमा यस्तै हुन्छ ।
सपना उस्को जग को हुन्छ संसार उस्को आफ्नो हुन्छ।।

दुश्मन को सधै तारो बन्छ क्रान्तिकारी को त्यो प्यारो हुन्छ।
स्वणीम संसार देखाएरै उस्ले धर्तिबाट विदा लिन्छ।।

प्रतिक्रिया दिनुहोस्