गिद्ध जोगाउन सबैले हातेमालो गरौँ: प्रकाश भट्टराई

| २०७९ चैत १५ गते १६: ०४ मा प्रकाशित

गिद्धको परीचय र अवस्था 

गिद्ध शिकारी चराको समुहमा परेपनियिनले कहिलै शिकार गर्दैन्न र खालीमरेकाजनावरको मासु अर्थात सिनो मात्र खान्छन । सिनो र अन्यमासुजन्यफोहर खाएर वातावरण स्वच्छ, सफा र सन्तुलित राख्ने गिद्धलाई प्रकृतीको कुचिकारपनि भनिन्छ । प्रकृतिकाअभिन्नअङ्गगिद्धहाललोपोन्मुखअवस्थामा छन । आजभन्दा करीव २५–३० वर्ष अघि संसारमा सबैभन्दा सजिलै र ठुलो संख्यामागिद्ध देख्न सकिन्थ्यो । तर पछील्ला दशकहरुमा धेरै जसो प्रजातीका गिद्ध यस संसारबाटै लोप हुने अवस्थामापुगेकाछन । नेपालमापनिसन् १९८० को दशकमाअनुमानित१० देखी १६ लाखको संख्यामा रहेका गिद्ध ९० प्रतिशतभन्दा बढिले घटी २० हजार भन्दाकममासिमितभएका छन । यसप्रकारको भयाभवविनाशकाकारण आईयुसीएनको रातो सूचीले नेपालमापाईने ९ प्रजातिका गिद्ध मध्ये चारप्रजातीलाई अतिसङ्कटापन्न, एक प्रजातीलाई सङ्कटापन्न र तिनप्रजातीलाई सङ्कटको नजिकसूचीमाराखेको छ । 

गिद्धको महत्व

मानव बस्ती वरीपर वस्न रुचाउने गिद्धको मुख्यआहार घरपालुवाजनावरको सिनो नै हो । गिद्धले अन्यमांसाहारी जनावरले भन्दा छोटो समयमै कुशलतापुर्वक सिनोको दोहनगर्न सक्छन । त्यसैले गिद्धको अभावभएको खण्डमा मानिसमा रेविज, प्लेग, हैजा, आँऊ, झाडापखाला र पशुचौपायाहरुमाएन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगहरुको महामारी पैmलन सक्ने चुनौतीहुन्छ । सिनोलाई छिटै खाएर गिद्धले बायुमण्डलमा सिनोबाट कार्वन उत्सर्जन्न हुनबाट समेत बचाउने बिभिन्नअध्यलहरुले देखाएको छ । गिद्धको पर्यावरणीय मात्रहोईन धर्मशास्त्र, रितिरीवाज र संस्कारमापनि छुट्टै महत्व छ । जस्तो हिन्दू धर्ममा गिद्धलाई सनी देवताको बहानको रुपमा पुजिन्छ भने रामायणमा रावणले सीताहरण गर्दा रक्षक न्यायीक योद्धाको भुमिकानिर्वाह गरेको उल्लेख छ । त्यसैगरी नेपालको हिमालपार क्षेत्रमाबस्ने तिब्बतियनमूलकालामा समुदायले मृत आफन्तको शव गिद्धलाई खुवाई अन्तेयष्टी गर्ने संस्कारपनि छ ।

गिद्धको बिनाश

सन् १९८०÷९० को दशकमानेपाललगायतभारतिय उपमहाद्धिपमै गिद्ध ठुलो समुहमा मरेको अवस्थामा भेटीनथाले । मरेका गिद्ध संकलन गरेर अनुसन्धानगर्दा गिद्ध बिनाशको मुख्यकारण घरपालुवापशु उपचारमाप्रयोग गरिने औषधि डाइक्लोफेनेक भएको पत्तालाग्यो । सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएकापशुको मृत्यु पश्चातउक्तसिनोखादागिद्धको मृगौलामा असर गर्दछ । समुहमाखाने गिद्धलाइ ३० मि.ली.को एक भाएल डाइक्लोफेनेक संक्रमितएउटै सिनोले ३५० देखि ८०० गिद्धहरु मार्ने भएकोले यो औषधी गिद्ध विनाशमाप्रमुखकारण बन्नपुग्यो ।

नेपालमा गिद्ध संरक्षणका प्रयासहरु 

गिद्धको लोप हुदावातावरणमा सिनो बाट उब्जने प्रदुषण र मानविय स्वास्थ्यमाप्रतिकुल असर बढदै जाने तथा गिद्ध नै सदाको लागि हराएर जाने चुनौती बढेपछी नेपाल सरकार, मातहतकासम्बन्धित सरकारी निकाय, गैरसरकारी संस्था, संरक्षणकर्मी, सरोकावालानिकाय र समुदायले गिद्ध संरक्षणको कार्यलाई अघि बढाउने संकल्प गरे । गिद्ध संरक्षणका लागि नेपाल सरकारले जेठ २३, २०६३ देखि पशु उपचारमा डाइक्लोफेनेक प्रतिवन्ध गरी त्यसको विकल्पमा सुरक्षित मेलोक्सिक्यामको उत्पादन र प्रयोग शुरु ग¥यो । गिद्धलाई शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले २०६३ मै स्थानिय समुदायको सक्रियतामानवलपरासीको पिठौलीमाविश्वकै पहिलो समुदाय स्तरको जटायु (गिद्ध) रेष्टुरेन्ट खोलियो । जटायु रेष्टुरेन्टमा किसानहरुबाट बृद्ध, अशक्त र बेकामीगाईवस्तुहरु संकलन गरी पालनपोषण गरिन्छ । तिनीहरुको प्राकृतिक मृत्युपश्चात् निश्चित स्थानमा गिद्धको आहाराकालागि राखिन्छ । नजिकै रहेको अवलोकन घरबाट अतिसकंटापन्न गिद्धका प्रजाती, आनिबानी र क्रियाकलापको अध्ययनअवलोकनगर्न सकिन्छ । रुपन्देहीको गैँडहवा ताल, दाङको लालमटीया र बिजौरी, कैलालीको खुटीया, कास्कीको घाँचोक र सुनसरीको कोशीटप्पुमा पनिविस्तारीत भएका जटायु रेष्टुरेन्टले वृद्ध र छाडा चैपायाहरुको रेखदेख गरी पशु कल्याणकारी र लोपोन्मुख गिद्ध बचाउने कामगर्नुका साथै पर्या–पर्यटन प्रवद्धन, स्थानियबासीको जीविकोपार्जन र अनुसन्धानका केन्द्र पनिहुन।

त्यसैगरी सन् २००८ माचितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथाप्रजनन केन्द्रखोलियो । प्रजनन केन्द्रमाहुर्काइएका र कोरलीएकाडंगर गिद्धलाई विश्वमै पहिलो पटक सुरक्षितप्राकृतिकवातावरणमा पुर्नस्थापना गराउने र स्याटेलाईट जडान गरी अध्य्यनगर्ने कार्य भैरहेको छ । नेपाल सरकारले लागु गरेको ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९—२०१३’ र दोस्रो पञ्चवर्षिय कार्ययोजना सन् २०१५–२०१९ को सफलकार्यवन्यनमा राष्ट्रिय निकुञ्ज तथावन्यजन्तु संरक्षण विभाग सँग गिद्ध संरक्षण साझेदार संस्था र समुदायले हातेमालो गरीरहेका छन । 

सन् २००९ बाट गिद्ध सुरक्षित क्षेत्रबनाउने अभियानपनि सुरुवात गरीयो । गिद्ध सुरक्षितक्षेत्रमा डाइक्लोफेनेक लगायतहानिकारक ओषधीको उपस्थितीशुन्यहुनु पर्छ, यसकाअलावानिरन्तर शुद्ध आहारको उपलब्धता, प्रकृतिमाप्रजन्न गरीरहेका गिद्धहरुको नियमितअनुगमन, गिद्ध संरक्षण सम्बन्धीजनचेतनाअभिवृद्धि तथा सरोकारवालानिकायहरुसँग समन्वय र वकालतआदीक्रियाकलापहरु संचालितहुनुपर्दछ । विश्व संरक्षण समुदायकालागिनमुनामानिएको गिद्ध सुरक्षित क्षेत्रको यस अवधारणा भारत, पाकिस्तान, बङ्गलादेश, कम्बोडिया, म्यानमार र हालकावर्षहरुमाअफ्रिकालगायतका क्षेत्रहरुमापनिअनुशरण गरीएको छ । 

नेपालमा गिद्ध संरक्षणको क्षेत्रमाहालसम्मकाभय गरेकासंरक्षण अभियानको प्रतिफल स्वरुप पछिल्ला वर्षहरुमागिद्धको ह्रास रोकिएर पुन बढने दिशामा अघि बढेको अध्ययनहरुले देखाएका छन। तर बिडम्वना हालकावर्षहरुमापशुउपचारको लागिबजारमाआएकादुखाई कमगर्ने औषधीहरु गिद्धको लागिहानिकारक प्रमाणीत भएका छन जुनदुखद र आगामीदिनमागिद्ध संरक्षणको सफलता टिकाईराख्नचुनौतीबनेका छन । 

नेपालमा गिद्धलाई सुरक्षित ठानिएको मेलोक्सिक्यामप्रयोग करीव ९० प्रतिशत छ भने हानिकारक डाइक्लोफेनेक को प्रयोग पछील्ला वर्षहरुमाशुन्यपाइएको छ । नेपालको गिद्ध संरक्षणमा यो उपलब्धीकोशे ढुंगा हो । तर पछील्ला दिनहरुमा गिद्धको लागिहनिकारक प्रमाणीत भैसकेकापशु उपचारमाप्रयोग गरीने औषधीएसिक्लोफेनेक, किटोप्रोफेन र निमुस्लाईडको प्रयोग पनि नेपालमाबढदै गएको छ जुनचिन्ताको बिषयबनेको छ । नेपालमाएसिक्लोफेनेक, किटोप्रोफेन र निमुस्लाईडको उपलब्धता करीव ५ देखी७प्रतिशत देखीएको छ । 

यि हानिकारक औषधीको पनिपशुउपचार प्रयोगमा रोक लगाउनु पर्छ ।त्यसैगरी सिनोमाविषहाल्नाले पनि गिद्ध मरीरहेका छन । अघिल्लो वर्षनवलपरासीको रामग्राममा७१भन्दा बढी गिद्ध र गतमहिनामात्रपनिनवलपरासीको कावाशोतीमानौ वटा गिद्ध विषहालेको सिनो खाँदा एकै ठाउमा मरेकाथिए ।गतवर्ष माघमा पृथ्वी राजमार्ग विस्तारकालागितनहुँको शुक्लागण्डकीमा विश्वकै दुर्लभ अतिसंकटापन्न सानो खैरो गिद्धको भर्खर कोरलीएको बच्चा सहितको गुँड भएको सिमलको रूख ढालियो । 

यसरी गिद्धको बासस्थानपनिनाशिदै छ भने आहारको अभावपनि बढदो छ । व्यापक रुपमाबिस्तारीत र दिनप्रतिदिन बढदै गईरहेकाविद्युतप्रशारणका संरचनाहरुमा ठोकिएर र करेन्ट लागेर पनि गिद्ध मरीरहेका घटनाहरु पनि पछिल्ला दिनहरुमा बढीरहेको छ । त्यसैले गिद्धकालागि बिद्यमानचुनौतीको समाधानगर्दैलोपहुनबाट बचाउनहामी सबैले हातेमालो गरौ ।

प्रतिक्रिया दिनुहोस्