छत्रदेब गाउँपालिका द्वारा आ.ब.०७८/०७९ को प्रथम चौंमासिक कार्यन्वयन को सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

| २०७८ पौष १३ गते २१: १० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 पौष १३- छत्रदेब गाउँपालिका द्वारा आ.ब.०७८/०७९ को प्रथम चौमासिक कार्यन्वयन को सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

 छत्रदेबको सान : सुन्दर ,शान्त,सम्बृद्व गाउँपालिका हाम्रो अभियान भन्ने मुल नाराका साथ आ.ब.०७८/०७९ प्रथम चौमासिकमा कार्यन्वयन भएका योजना/आयोजना / क्रियाकलाप तथा सेवा प्रबाहको सम्बन्धमा आयोजित सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
  
छत्रदेब गाउँपालिका का अध्यक्ष लेखनाथ पोख्रेलको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तुल्सीदेबि श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्त , नेपाली काङ्ग्रेस का जिल्ला सह सचीव कमल प्रसाद पौडेल , नेकपा एमाले पालिक उपाध्यक्ष रुपा प्रधान ,, नेकपा (माओबादी केन्द्र ) का अध्यक्ष रामलाल पराजुली राप्रपा प्रतिनिधि बिन्द्र बहादुर थापा , वडा अध्यक्षहरु  ,कार्यपालिका सदस्यहरु तथा स्थानीय नागरिक हरु पालिका स्तरीय बिषयगत शाखा का प्रमुखहरु लगायतको  उपस्थित रहेको थियोे ।
 
उक्त पालिकाले स्थानीय सरकारको शुरुवातै सगै पहिलो खरको छाना मुक्त , बिधुत  काठको पोल मुक्त, दलित घर परिवारमा सोलार जडान, कृषि तर्फ पालिका का ४० विद्यार्थी हरुलाइ बाली बिज्ञान मा निशुल्क छात्रवृद्धि  पालिका स्तरमा पौचमार्ग का योजनाहरु संचालन पालिका का सबै वडा हरुको आरसिसी भबन निर्माण ,पालिकाका ७ वडा हरुमा सुबिधाजनक स्वास्थ कार्यलय भबन निर्माण ,निर्माणाधिन १५ शैयाको हस्पिटल ,९ करोडको लगानीमा प्रमुख प्रशासकीय भबन  लगायतको कार्य गर्नु का साथै सो मुल्यांकन सम्पादनमा समेत ७७ अन्क ल्याइ स्थानीयतह हरुमा अब्बल बनेको सार्बजनिक कार्यक्रम मा उल्लेख गरिएको थियो ।
 
कार्यक्रम नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल को अध्यक्षता  महासंघका सहसचीव ह्र्दय भुसाल को  सहजीकरण / स्वागत तथा महासंघका सचीव बिनोद गैरेको संचालन मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्