छत्रदेवका दिवंगत नेता पाण्डेको स्मरणमा श्रद्धाञ्जलीकार्यक्रम सम्पन्न

| २०७८ माघ १५ गते ००: ४२ मा प्रकाशित

शोभाखर पन्थी ,अर्घाखाँची। नेकपा एमाले छत्रदेव वडा नं.७  कमिटीले दिवंगत नेता श्यामलाल पाण्डेको संझनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले स्वर्गीय पाण्डे पार्टीको असल अभिभावक र अगुवा समाजसेवी भएको बताउनुभयो । उहाँले पाण्डेको निधनले पार्टीलाई अपुरणिय क्षति भएको भन्दै उहाँले देखाउनु भएको बाटोमा निरन्तर अगाडि बढ्ने  प्रतिबद्धता जनाउनु भयो । 

नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले बयोबृद्ध नेता पाण्डेको निधनले एउटा जिवन्त ईतिहासको अन्त्य भएको बताउनुभयो । उहाँले भौतिक रुपमा पाण्डे नरहे पनि पार्टी र जनताको बीचमा सधैव अमर रहिरहने बताउनुभयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले पार्टीले असल अभिभावक गुमाएको बताउनुभयो । उहाँले मुलुकको राजनीतिक र सामाजिक परिवर्तनमा दिवंगत नेता पाण्डेले पुर्याउनु भएको योगदान अतुलनीय र अविस्मरणीय रहेको बताउनुभयो ।

नेकपा एमाले छत्रदेव ७ का अध्यक्ष टामलाल पाण्डेको संचालनमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य जनार्दन खनाल ,प्रकाश ज्ञवाली ,केवी भुसाल ,जिल्ला सचिव तोजबहादुर रायमाझी ,उपसचिव शम्भु प्रसाद पोख्रेल ,जिल्ला कार्यालय सचिव लिलबहादुर बि.क.,जिल्ला कमिटी सदस्य श्रीकृष्ण भुसाल ,माधव पन्थी ,रामजी प्रसाद पाण्डे ,भोजराज पाण्डे ,रुपा प्रधान ,नेत्र गैरे,मनिषा पन्थी ,नेकपा एमालेका नेताहरू ध्रुब कुमार पाण्डे ,ऋषिराम अधिकारी ,कुसल भुसाल तेजप्रसाद खनाल ,अनिरुद्र सुवेदी ,भीष्म कुवर ,टंक पन्थी , प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष शोभाखर पन्थी ,केन्द्रीय सदस्य गणेश खनाल लगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियोे । 

पञ्चायकाल देखि कम्युनिस्ट पार्टीमा रहि काम गर्दै आउनु भएका छत्रदेव ७ ढिकुरा निवासी दिवंगत पाण्डेको आफ्नै निवासमा ९२ बर्षको उमेरमा यहि २०७८ माघ ७ गते निधन भएको थियो । 

छत्रदेव गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष शोभाखर पाण्डेका पिता समेत रहनुभएका स्वर्गीय श्यामलाल पाण्डे लोकप्रिय समाजसेवी र बफादार कम्युनिस्ट नेता हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्