अर्घाखाँची: छत्रदेवको खुर्सानी डाँडा बाट एक १६ बर्षिया किशोरी ३ दिन देखि बेपत्ता

| २०७८ फागुन ११ गते २१: २६ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर २ बाट एक अविवाहित युवती एका - एक बेपत्ता भएकी छिन। 

बेपत्ता हुनेमा छत्रदेव गाउँपालिकाको खुर्सानी डाँडा बरे मियाँकी १६ बर्षिया छोरी आईसा मियाँ रहेकी छिन।यही गत मिति २०७८ साल फाल्गुन ८ गते घर बाट स्कुल जान भै हिडेकी आइसा मियाँ आजको मिति सम्म घरपरिवार बाट सम्पर्क विहिन रहेकी छिन। स्कुल जान भनेर हिडेकी छोरी एक्कासि बेपत्ता हुँदा आम बुवा लगायत उनका आफन्त जनहरु अत्यन्तै चिन्तामा रहेका  छन्।  

 बेपत्ता हुने (आइसा मियाँ )माथि तस्विरमा देख्नुहुने जो सुकै महानुभावहरुले पनि नजिकैको प्रहरी कार्यालय वा निम्न सम्पर्क नम्बरमा तुरुन्तै खबर गरिदिनुहुन अर्घाखाँची बुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौं। 

सम्पर्क नम्बर - ९८६७५९८९६७ 

प्रतिक्रिया दिनुहोस्