छत्रदेव ७ ढिकुरामा अति बिपन्न र गरीब १८ घरपरिवारलाई राहत सामाग्री प्रदान

| २०७८ फागुन १४ गते १४: २३ मा प्रकाशित

प्रेमनारायण आचार्य। चुजी संस्थाको सहयोग, नेपाली काँग्रेस अर्घाखाँचीको समन्वय र नेपाली काँग्रेस छत्रदेव - ७ भगवतीको सहजीकरणमा छत्रदेव ७ ढिकुरामा अति बिपन्न र गरीब १८ घरपरिवारलाई विभिन्न राहत सामाग्री प्रदान गरिएको छ । 

नेपाली काँग्रेस ढिकुरा टोल कार्य समिति सभापति मनिरत्न पाण्डेको सभापतित्व,  नेपाली काँग्रेस जिल्ला सह सचिव मेघराज पाण्डेको प्रमुख आतिथ्यता र टोल सचिव शोभाखर खनालको संचालनमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सभा क का उपसभापति धर्मराज पाण्डे, छत्रदेव गाउँ कार्यसमिति  सदस्य राधा पाण्डे लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि मेघराज पाण्डेले सहयोगी चु जी संस्था र समन्वयकर्ता समाजसेवी व्यक्तित्व राजेन्द्र भट्टराई प्रति धन्यवाद ज्ञापन गर्दै  गरीबी नेपाली समाज विकासको रोग रहेको उल्लेख गर्दै यसलाई जरै देखि निर्मुल गर्नुपर्ने, हुने खाने र  हुँदा खाने बीचको विभेद अन्त्य गर्न एकलाई अर्कोको सहयोग अपरिहार्य रहेको बताउदै १८ घर परिवारलाई  प्रति परिवार १ कट्टा जिरा मसिनो चामल ( २५ केजी ), १ प्याकेट आटा ( १० केजी ) र १ प्याकेट घरायसी समान ( नुन, तेल,साबुन र दाल ) प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्