माओबादी केन्द्र सुकेनास लगेर सकिन लाग्यो : टोपबहादुर रायमाझी

| २०७८ फागुन २१ गते १९: ३४ मा प्रकाशित

अर्घाखाँचीबुलेटिन संवाददाता,सन्धिखर्क। नेकपा एमालेका सचिव नेता टोपबहादुर रायमाझीले माओबादी केन्द्रमा सुकेनाश लागेको बताएका छन्। 

आज छत्रदेव गाउँपालिकाको एक कार्यक्रममा बोल्दै माओबादी केन्द्रमा सुकेनाश लागेर सकिन थालेको र अझै पनि पार्टी भित्र को झैँ झगडा न रोकिएको बताएका छन्। नेकपा माओबादी केन्द्र बाट आफ्नो जीवनको राजनीतिकमा टोपबहादुर रायमाझी भनेर चिनिन सफल रहेका रायमाझी नेकपा एमाले मा प्रवेश गरे संगै माओबादी केन्द्रलाइ बिभिन्न तरिका बाट कम्जोर बनाउँन हिंजो आज तल्लिन रहेका छन। 

नेता रायमाझीले छत्रदेवको कार्यक्रममा बोल्दै पछिलो २ महिनामा बिभिन्न पार्टी परित्याग गरि आजको मिति सम्म झन्डै २४ सय कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको बताएका छन्। नेकपा एमाले सत्ता पक्षमा नभएता पनि जनताले रुचाएको एक मात्र पार्टी नेकपा एमाले रहेको बताए। 

प्रतिक्रिया दिनुहोस्