भत्कियाे काँग्रेसकाे किल्ला: अर्घाखाँचीका पार्टी सभापतिकै वडामा एमाले विजयी

| २०७९ जेठ १ गते १८: १८ मा प्रकाशित

हरिप्रसाद भुसाल,अर्घाखाँची। अर्घाखाँची जिल्लामा स्थानिय तहकाे निर्वाचनकाे मतपरिणाम दिनप्रतिदिन राेचक बन्दै गैरहेकाे छ ।

२०७४ काे स्थानिय निर्वाचनमा नेपाली काँग्रेसले जितेका किल्लाहरुमा नेकपा एमालेले धावा बाेलिरहेकाे छ ।

जिल्लाका ६ मध्ये ४ मा अग्रता लिईरहेकाे एमालेले नेपाली काँग्रेस अर्घाखाँचीका सभापती केशव श्रेष्ठकाे वडामा समेत जित निकालेकाे छ ।

काँग्रेसकाे लामाे विरासत ताेड्दै छत्रदेव गाउँपालिका वडा नं ८ मा भीष्म कुँवरले प्रतिद्वन्दि एमालेका उम्मेदवारलाई ७५ मतले पछाडि पार्दै १०४६ मतका साथ जित हात पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्