चिदिकाको बिकास मोडेलमा अहोरात्र खटिने नवनिर्वाचित ज्ञवालीको प्रतिबद्धता

| २०७९ जेठ ६ गते १७: ३३ मा प्रकाशित

अर्घाखाँची ।अर्घाखाँची जिल्ला छत्रदेब ०१  चिदिकाका नवनिर्वाचित वडा अध्यक्ष काजी बाबू ज्ञवालीले स्थानीय चुनाव सम्पन्न गरेकोमा सम्पुर्णमा हार्दिक बधाई तथा चिदिकाको विकास मोडेलमा दिनरात खटिने प्रतिबद्धता व्यक्त गरेका छन ।

चिदिकाको शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि चिदिकाबासी लाई धन्यवाद दिँदै आगामी दिनमा पनि शान्ति, स्थिरता, विकास र समृद्धिमा सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गरे। उनी लेख्छन् –
हार्दिक आभार ,धन्यवाद एवम् प्रतिबद्धता ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहकाे निर्वाचनमा म छत्रदेब गाउँपालिकाकाे वार्ड न.१ को अध्यक्ष पदमा निर्वाचित भएको छु।

यस अवसरमा सम्पूर्ण चिदिकाबासी मतदाताहरुले निर्वाचनमा आफ्नाे मताधिकारकाे सदुपयोग गर्दै आफ्नाे अमुल्य मत प्रदान गर्नु भएकाेमा सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यस निर्वाचनमा आफ्नो मताधिकारकाे प्रयाेग गर्न वैदेशिक मुलुक, भारत प्रवास, काठमाडौं र बुटवल लगाएत देशका विभिन्न भागमा बसाेवास गर्नुहुने सचेत मतदाताहरु चिदिकाको मतदान केन्द्रमा उपस्थित भई मतदान गरेर म र मेरो प्यानललाई विजयी बनाउनुभएकाेमा सबैप्रति विशेष आभार प्रकट गर्द्छु ।

र्निर्वाचन प्रचार-प्रसारको अवधिभर अहाेरात्र खट्ने पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, युवा साथीहरू, शुभचिन्तक र समर्थकहरु लगायत निर्वाचन सम्पन्न गर्न खट्नुहुने निर्वाचन कर्मचारीहरु तथा सुरक्षाकर्मीहरु सबैप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु । निर्वाचनको अघि र विजय पछि अत्त्यान्त ब्यस्तताले फोन र सामाजिक सन्जालमा निरन्तर जोडिन असमर्थ भएकोमा क्षमा चाहन्छु । साथै विजयी उत्सव मा जनताको सहभागीता र उत्साहले हाम्रो प्रतिबद्धतालाई थप बलियो बनाएको छ। हामी चिदिकाको बिकास र समृद्धिका लागि प्रतिबद्ध छौ ।

काजीबाबू ज्ञवाली 
नबनिर्वाचित अध्यक्ष
छत्रदेब – ०१ चिदिका अर्घाखाँची

प्रतिक्रिया दिनुहोस्