छत्रदेबमा भिरबाट लड्दा गम्भीर घाइते भएका खनालको उपचारको क्रममा निधन

| २०७९ सावन २ गते २१: १४ मा प्रकाशित

छत्रदेब ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वडा नम्बर - ४ का एक युवाको उपचारको क्रममा मृ'त्यु भएको छ। 

बाँदर भगाउँने क्रममा एक्कासि भिर बाट लड्दा छत्रदेब का ३९ बर्षिय युवा टाँक प्रसाद  खनाल गम्भीर घाईते भएका थिए। घाइते खनाललाई थप उपचार का लागि बुटवल रिफर गरिएको थियो तर आज निजको उपचारको क्रममा मृ'त्यु भएको खबर प्राप्त भएको छ। 

खनालको भिर बाट लड्दा टाउको मा गहिरो चोट लागेको बुझिएको छ। 

प्रतिक्रिया दिनुहोस्