आर्थिक समृद्धि अहिलेको आबश्यकता: पुस्पा भुसाल

| २०७९ कार्तिक १९ गते २२: ०३ मा प्रकाशित

कमला पाेख्रेल,सन्धिखर्क ।नेपाली  कांग्रेसका नेता तथा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा पदका उम्मेदवार पुस्पा भुसालले छत्रदेव गाउँपालिकाका पर्यटकीय तथा धार्मिक स्थलको विकासका लागि पहल गर्ने बताउनु भएको छ ।

पुर्ब उपसभामुख समेत रहनु भएकि भुसालले छत्रमहाराज मन्दिर, बलकाेट पाैवा, ताराखसे मन्दिर, ठुलापाेखराकाे मालिका मन्दिर लगायतका पर्यटकीय स्थलको  विकास तथा प्रचारप्रसार गरेर पर्यटक भित्र्याउने उदेश्य आफुकाे रहेको बताउनुभयो ।

उहाँले चाैवाटार सिंचाइ याेजना लाई पूरा गरि ब्यबसायिक कृषि र पशुपालनलाई वैज्ञानिक करण गरि आर्थिक स्वराेजगार बनाउने बताउनु भएको छ ।
छत्रदेव गाउँपालिकाकाे छत्रगञ्ज, ठुलापाेखरा, अर्घाताेष लगायतका स्थानमा चुनावी प्रचारप्रसार तथा काेणसभालाई सम्बाेधन गर्दै नेतृ भुसालले यस्तो बताउनु भएको हाे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता मान बहादुर बिश्वकर्मा, रेवती प्रसाद भुसाल, जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा माओवादिका केन्द्रीय सदस्य ठाकुर कुमार बिक, गठबन्धनको तर्फबाट प्रदेश सभा (क) का  उम्मेदवार सागर केसी, नेकपा माओवादीका प्रदेश सदस्य रामलाल पराजुली, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चाैहान, नेपाली कांग्रेसका प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला उपसभापति विष्णुप्रसाद भुसाल, कांग्रेसका महाधिवेशन प्रतिनिधि लेखनाथ पाेख्रेल,  जिल्ला सहसचिव मेघराज पाण्डे, राजमाेका नेता पशुपति ढकाल लगायतले मन्तब्य राख्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्