एमाले नेता रायमाझीले आफु निर्वाचित भएपछि बाँकी रहेका जिल्लाका विकास निर्माणका काम पूरा गर्ने

| २०७९ कार्तिक २१ गते १६: ०० मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क। नेकपा एमालेकाे तर्फबाट अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार टाेपबहादुर रायमाझीले छत्रदेब ६ ठूलापाेखराका विभिन्न ठाउँहरूमा आयाेजित चुनावी सभाहरूलाई सम्बाेधन गर्नुभएकाे छ ।

 कार्यक्रममा बाेल्दै रायमाझीले आफ्नाे पहलमा जिल्लामा विकास निर्माणका थुप्रै कामहरू भएका भन्दै अब निर्वाचित भएपछि बाँकी काम पूरा गर्ने बताउनुभयाे । 

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष पीताम्बर भुसाल,जिल्ला कमिटी सदस्य तथा युवा इन्चार्ज खुवीराम आचार्य,रिटर्नी फेडरेशनका प्रदेश सचिव राजेन्द्र पन्थी, प्रेस चाैतारी निर्वाचन आयाेगका अध्यक्ष गणेश खनाल, पार्टी प्रदेश प्रचार विभाग सदस्य अर्जुन भुसाल लगायतकाे आतिथ्यता छ ।

प्रतिक्रिया दिनुहोस्