एमालेको सत्रुता अशिक्षा ,गरीबी र पछौटेपन सँग हो: चेतनारायण आचार्य

| २०७९ कार्तिक २५ गते २३: ०७ मा प्रकाशित

पुजा केसी ,अर्घाखाँची।नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले नेकपा एमालेको कुनै पनि दल बिशेष सँग झगडा नभएको बताउनुभएको छ ।

नेकपा एमाले द्वारा छत्रदेव-४ को केरुङ्गामा आयोजित चुनावी कार्यक्रममा मन्तव्य राख्दै उहाँले नेकपा एमालेको सत्रुता गरिबी,अशिक्षा  र पछौटेपन सँग भएको बताउनुभयो । 

उहाँले मुलुकमा राजनितीक परिवर्तन भएपनि जनताको जिवनस्तरमा अपेक्षाकृत सफलता हासिल हुन नसकेको प्रति दु:ख व्यक्त गर्नुभयो । लुम्बिनी  प्रदेश सरकारका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका उहाँले कृषि र पर्यटनको माध्यमबाट स्वरोजगारी सिर्जना गरि हजारौं व्यक्तिलाई रोजगारीमा जोड्ने प्रतिबद्धता जनाउनु भयो ।  अर्घाखाँची जिल्लामा कृषि र पर्यटनको बलियो संभावना रहेको भन्दै उहाँले त्यसको निम्ति आफुले बिशेष योजना समेत बनाएको बताउनुभयो । 

नेकपा एमालेको तर्फबाट प्रदेश सभा ( क ) का उम्मेदवार समेत रहनु भएका उहाँले छत्रदेबमा साईराम खानेपानी आयोजना ,संगम दीप लिफ्ट खानेपानी आयोजना ,मथुरा कृषि क्याम्पस देखि चाँपटारी बलेबाङ सडक ,खहडी-दुन्द्रुक-बल्कोट-झिरबास-राङबास सडक ,आँपगौरी-महपोखरी-बेलाहा मोटरबाटो ,मथुरा -पिरा फाँट सिचाइ कुलो निर्माण योजना ,मथुरा -पिरा फाँट सेरा सिचाइ कुलो निर्माण योजना ,बुढादी सिंचाइ योजना ,बल्कोट पौवा पुनर्निर्माण ,बल्कोट १५ शैयाको अस्पताल भवन निर्माण ,ठाडा खोला -बर्वोट लिफ्ट खानेपानी आयोजना ,ढोवाटा खहरे लिफ्ट खानेपानी आयोजना ,सिस्नेखोला धरमपानी लिफ्ट खानेपानी आयोजना ,सन्धिखर्क तम्घास मोटर बाटो ,ठुलाखर्क- भुल्के लिफ्ट खानेपानी आयोजना ,चिदीका १-२ लिफ्ट खानेपानी आयोजना ,काठेका रुख लिफ्ट खानेपानी आयोजना ,खहरे सिंचाइ योजना छत्रदेव-१ र २,चौवाटार सिंचाइ योजना ,दामालिङ टार सिंचाइ योजना ,खुर्साने डांडा-कट्टी -गेदवास सडक ,गैरी-पिप्ला-धरम पानी -अरल्का सिमी चौर मोटर बाटो ,च्यानडांडा-जरेखोला-ठुला पोखरा -छत्रगञ्ज -पाटी सडक ,अर्घातोष-चिदीपानी-सल्लिकोट सडक ,ठुला पोखरा -डिही-मोडेल चौर-सिमी चौर सडक ,खर्ञ्याङ-ठुला खर्क-साजबोट- बेलाहा-चिदीपानी चौरी मोटर बाटो लगायत सयौं बिकास निर्माणका योजना संचालनमा ल्याएको बताउनुभयो ।

आचार्यले यी योजना बाट मात्रै आफू सन्तुष्ट हुन नसकेको भन्दै थप योजना मार्फत छत्रदेवमा बिकासको मोडल देखाउने गरि अगाडि बढेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्