अर्घाखाँचीकाे अर्घाताेषमा विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

| २०७९ माघ २८ गते २३: ३७ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।
२८ माघ - अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका वडा नम्वर ८ अर्घाताेषमा विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएकाे छ ।

 नि:शुल्क स्वास्थ्य शिविर 

शिविरमा विरामीहरुलाई निशुल्क स्वास्थ्य परीक्षण सेवा, स्त्री राेग सम्बन्धि सेवा, टाउकाे तथा नशा राेग सम्बन्धि सेवा, नाक कान तथा घाँटी राेग , फिजिसियन तथा परामर्श सेवा, सुगर राेग, तथा भिडियाे एक्सरे सेवा, फजियाे थेरापी सेवा सहित निशुल्क औषधी प्रदान गरिएकाे उपचारमा संलग्न वीर अस्पतालका डाक्टर कपिल गौतमले बताउनुभयाे।

डाक्टर कपिल ज्ञवाली

शिविरमा उपचारका लागि अाएका विभिन्न प्रकारका विरामीहरुकाे डाकटर विकास अर्याल, डा. तिलकराज खनाल, डा. उर्मिला श्रेष्ठ, डा. रिता प्रधान, डा.राजेन्द्र श्रेष्ठ, डा.कपिल गौतम , डा.देवेन्द्र वेल्वासे लगायकाे टिमले चेकजाँच गरेकाे डाक्टर राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयाे  ।

नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनी पन्थी, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम न्याैपाने,  समाजसेवी तथा नेपाली कांगेसका सभापति केशव श्रेष्ठ, वडा अध्यक्षहरु भीष्म कुवर, बालकृष्ण पाेख्रेल, कमल पाैडेल, शंकर पाण्डे, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण अाचार्य लगायतकाे उपस्थिति रहेकाे थियाे ।

नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

 

 छत्रदेव गाउँपालिका वडा नम्वर ८ अर्घाताेषमा विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन 
नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन 

 

प्रतिक्रिया दिनुहोस्