छत्रदेवको बहिगाउँमा चोरको बिगबिगी: स्थानीयहरु त्रासित

| २०७९ फागुन १३ गते २०: १० मा प्रकाशित

सुजन न्यौपाने,छत्रदेव। जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर - ७ बहिगाउँमा चोरहरुको बिगबिगी रहेको छ। 

चोरले छत्रदेवको बहिगाउँको एक घरको गोठमा रहेको बाख्रो चोर्ने तयारी गरिरहँदा घर धनीले थाहा पाईसके पछि फरर भएको खबर प्राप्त भएको छ। स्थानीयवासीका अनुसार एक हप्ता भित्र छत्रदेवको ३ घरमा चोरी भएको खबर प्राप्त भएको छ। 

छत्रदेवका बिभिन्न स्थलका पसल र घर  तोड्फोड गरि चोरी आतंक फैलिएपछि स्थानीयहरु त्रासित रहेका छन्। गाउँमा चोरको आतंक मच्याउने गिरोह भने अझै सम्म पत्ता लाग्न सकेको छैन। स्थानीयहरुले संबन्धित निकाय मा चोर आतंक नियन्त्रण गर्न जानकारी गराईसकेको बुझिएको छ। 

प्रतिक्रिया दिनुहोस्