छत्रदेवमा चैत १ गतेदेखि अन्तरपालिका स्तरीय क्रीकेट प्रतियोगिता हुँदै: प्रथम पुरस्कार साढे एकलाख

| २०७९ फागुन २४ गते १९: २४ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आयोजनामा स्थानीय तहबीच अन्तरपालिका स्तरीय क्रीकेट प्रतियोगिता हुने भएको छ । आगामी चैत १ गते देखि ३ गते सम्म चल्ने प्रतियोगिताको तयारी थालिएको वडा नं. ६ का वडाध्यक्ष कमल पौडेलले जानकारी दिए । 

क्रीकेट प्रतियोगिताको छत्रदेव गाउँपालिका वडा नं. ५ डिहि रातापोखरा स्थित छत्रदेव रंगशालामा चैत १ गते उद्घाटन गरिनेछ । खेलको प्रथम पुरस्कार एक लाख ५० हजार,  द्वितीय पुरस्कार एकलाख २० हजार र तृतीय पुरस्कार ८० हजार रहेको छ । 

वडाध्यक्ष पौडेलले क्रीकेट खेल प्रेमी युवाहरुको सक्रिय सहभागीताका निम्ति निमन्त्रणासहित अपिल समेत गरेका छन् । सबै पालिकाका खेलाडीहरुले आफ्नो सम्बन्धित स्थानीय तहको समन्वयमा खेल प्रतियोगितामा समावेश हुन पौडेलले आग्रह गरेका छन् ।

क्रिकेट प्रतियोगिता हुने बारे सुचना 

 

प्रतिक्रिया दिनुहोस्