युवा ब्यवसायी पाण्डे र सुबेदिको नेतृत्वमा एकलाख सतासी हजार आठ सय सहयोग रकम हस्तान्तरण सम्पन्न

| २०८१ असार ३ गते २२: ४७ मा प्रकाशित

अर्घाखाँची। जिल्ला छत्रदेव गाउँपालिका वार्ड न आठ गोदौरि तौवाका ७२ बर्षिय मुटु रोगि पिडित गोपाल रिजाललाई सचिन पाण्डे र बिष्णु सुबेदिको नेतृत्वमा आज एक लाख सतासी हजार आठ सय रुपैया सहयोग रकम गगांलाल हस्पिटल काठमाडौंमा पिडितका छोरा नारायण रिजालको हातमा हस्तान्तरण गरिएको छ।

लामो समय देखि मुटुको जटिल रोगबाट थलिएका रिजालको आर्थिक समस्याका कारण उपचार अगाडि बढ्न सकेको थिएन घरपरिवार छिमेकी सुभचिन्तक सबैले आस मारेका रिजालको देश बिदेशमा रहनु भएका तमाम सहयोगी मनहरुलाई सचिन पाण्डेको फेसबुक एकाउन्टबाट सहयोगको अपिल गरिएको थियो नभन्दै सम्पुर्ण सहयोगी मनहरुले एकाएक सहयोग गरेपछि पिडित गोपाल रिजालको उपचार अगाडि बढेको थियो अहिले रिजालको स्वाथ्यमा 50% सुधार भएको सहयोगी सचिन पाण्डेले फेसबुक मार्फत जानकारी गराएका छन्।

मुटु रोगि गोपाल रिजाल उनै पिडित हुन जो केहि बर्षा अगाडि पनि बिनासकारी आगोले घर गोठा जलेर सखाप बनाएको थियो त्यो बेला पनि पाण्डे र सुबेदिकै नेतृत्वमा सहयोग रकम जम्मा गरि उहांको आबास निर्माण गरिदिएका थिए।

पाण्डे र सुबेदिले लामो समय देखि काठमाडौंमा बसेर अर्घाखांची जिल्लाका तमाम दुखि गरिब पिडितहरुको निरन्तर सहयोग उद्दार गर्दै आईरहेका छन्।

प्रतिक्रिया दिनुहोस्