छत्रदेव गाउँपालिका

निर्माण कम्पनीको चरम लापर्बाहीले छत्रदेवको प्रशासनिक भवन अलपत्र

२०८० चैत २६

नेत्र मरासीनी,सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको प्रशासकीय भवनको २०७७ पौष ९ गते शिलान्यास भएको थियो ।न्यायिक इजलाससहितको सुविधा सम्पन्न भवनको तत्कालीन गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले शिलान्यास गर्नुभएको वार्ड नम्बर ५ छत्रगञ्जमा निर्माणाधीन भवनको २०७७ असौज ३० गते ठेक्का सम्झौता भएको थियो । ५ करोड ३० लाख ४७ हजार रुपैयाँमा सम्पन्न गर्ने गरी शिवाको भुसाल बस्नेत जेभी काठमाडौँले ठेक्का पाएको भएपनी भुसाल निर्माण सेवाले काम गर्दै आएको थियो ।