बुधबार २ हजार ४२१ संक्रमित थपिए: ५२ को मृ'त्यु

| २०७८ असार ९ गते २०: १० मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामामा २ हजार ४२१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार ७ हजार ४६१ जना पिअिसार र ४ हजार ९५३ जनाको एन्टीजेन नमुना परीक्षण‍मा २ हजार ४२१ मा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५० हजार ५२० पुगेको छ।

आज देशभर ३ हजार ५५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म ५ लाख ६८ हजार ४४० जना संक्रमित निको भएकाे मन्त्रालयले जनाएकाे छ।

पछिल्लो २४ घण्टामा ५२ जना संक्रमितको मृत्यु भएको छ।

योसँगै हालसम्म ८ हजार ८९४ जना संक्रमितको मृत्यु भएको छ।

बुधबार काठमाडाैंमा ३४६, ललितपुरमा ९४ र भक्तपुरमा ५७ गरी ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्