गुल्मी।गुल्मीमा थप ६३जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षण गर्दा ५९ जना र पिसिआर परिक्षण गर्दा ४ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ। जिल्लाकाे मुसिकाेट नगरपालिकामा चार जना, धुर्कोट गाउँपालिकामा दुई जना,छत्रकाेट गाउँपालिकामा ३१ जना,सत्यवति गाउँपालिकामा छ जना,ईस्मा गाउँपालिकामा १९ जना रुरुक्षेत्र गाउँपालिकामा एक जना, गरि ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ३६६ पुगेको छ।
त्यस्तै,पछिल्लो २४ घण्टामा १६ जना काेराेना संक्रमण मुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । दाेस्रो काेराेना लहरका कारण गुल्मीमा ९० जनाले ज्यान गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस्