गुल्मीमा पछिल्लो २४ घण्टामा थप २३ जनामा काेराेना संक्रमण पुष्टि,थप २१ जना काेराेना संक्रमण मुक्त

| २०७८ असार २३ गते ०४: १८ मा प्रकाशित

गोकर्ण पाण्डे,गुल्मी। गुल्मीमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षण गर्दा २१ जना र पिसिआर परिक्षण गर्दा २ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ। 

जिल्लाकाे रेसुङा नगरपालिकामा एक जना,रुरुक्षेत्र गाउँपालिकामा चार जना,चन्द्रकोट गाउँपालिकामा तीन जना,कालीगण्डकी गाउँपालिकामा दुई जना,छत्रकाेट गाउँपालिकामा नौ जना,धुर्कोट गाउँपालिकामा दुई जना, इस्मा गाउँपालिकामा दुई जना,जना गरि २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ५३१ पुगेको छ।

पछिल्लो २४ घण्टामा २१ जना काेराेना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल तिन हजार दुई सय २९ जना कोरोना  जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।

गुल्मीमा दोस्रो काेराेना लहरका कारण गुल्मीमा ९१ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्