आज नेपालमा थप ३४ सय २१ जनामा कोभिड संक्रमण

| २०७८ सावन ११ गते १७: ४० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४ सय २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१७ हजार २ सय ७२ नमूना परीक्षण गराउँदा ३४ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यो पछिल्लो ४५ दिन यताकै उच्च संक्रमितको संख्या हो ।

१२ हजार २ सय ४० नमूनाको पीसीआर र ५ हजार ३२ जनामा एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमा २३ सय ९१ जनामा पीसीआरबाट र १ हजार ३० जनामा एन्टिजेन विधिबाट संक्रमण देखिएको हो ।

जसमध्ये काठमाडौंमा ६ सय ७७, भक्तपुरमा १ सय २५ र ललितपुरमा १ सय ९७ जना गरी काठमाडाैं उपत्यकामा ९ सय ९९ जना थपिएका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा थप १६ सय ८६ जना कोरोनामुक्त भएका छन् । यो सहित नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ। निको हुने दर ९४.५ प्रतिशत हो ।

मन्त्रालयका अनुसार सोमबार कोरोनाबाट थप २५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्