नेपालमा थप ३,८४० जनामा कोरोना संक्रमण: ३३ जनाको मृ'त्यु

| २०७८ सावन १३ गते ००: ४० मा प्रकाशित

 काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ८३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५५९, कास्कीमा ३१६, ललितपुरमा २०६, झापामा १९४, मोरङमा १८९, चितवनमा १८५, र सुनसरीमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भक्तपुरमा ९४, नवलपरासी पूर्वमा ७४, मकवानपुरमा ७३, गोरखामा ६३, नुवाकोटमा ३८, रुपन्देहीमा ३७, बागलुङमा ३४, स्याङजामा ३३, पाल्पामा ३० जनामा कोरोना संक्रमित थपिएका छन् ।

काभ्रेपलाञ्चोकमा २३, दोलखा, सिन्धुपाल्चोक, म्‍याग्दीमा २०/२० जना, कैलालीमा १९, दाङमा १८, लमजुङमा १७, पर्वतमा १४, धनकुटामा १२, अर्घाखाँची र बैतडीमा ११/११ जना र धादिङमा १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्