गुल्मीमा पछिल्लो २४ घण्टामा थप १८ जनामा काेराेना संक्रमण पुष्टि,४२ जना काेराेना संक्रमण मुक्त

| २०७८ भदौ ५ गते २३: २८ मा प्रकाशित
गोकर्ण पाण्डे,गुल्मी। गुल्मीमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पिसिआर परिक्षण गर्दा १८ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ।
 
रेसुंगा नगरपालीकामा ९ जना, छत्रकोट गाउपालीकामा ५ जना, इस्मा गाउपालीकामा १ जना, मालीका गाउपालीकामा १ जना, धुर्कोट गाउपालीकामा १ जना र गुल्मीदरबार गाउपालीकामा १ जनागरी १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ७५५ पुगेको छ।
 
त्यस्तै,पछिल्लो २४ घण्टामा ४२ जना काेराेना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल चार हजार सात सय ९२ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ। गुल्मीमा दोस्रो काेराेना लहरका कारण गुल्मीमा ९५ जनाले ज्यान गुमाएका छन्।
 
 
 

प्रतिक्रिया दिनुहोस्