कोरोना अपडेटः संक्रमित हुनेको संख्याभन्दा निको हुनेको संख्या बढी

| २०७८ भदौ १३ गते १७: ३१ मा प्रकाशित

काठमाण्डौ। पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ९७ जनामा गरिएको परीक्षणमा १३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाभित्र निको हुनेको संख्या २२६० रहेको छ भने मृत्यु हुनेको संख्या २४ रहेको छ । मन्त्रालयका अनुसार यसबेला देशभर संक्रिय संक्रमितहरुको संख्या ३५ हजार ७ सय ९६ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस्