Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीको सरकार प्रमुख ! युद्धकालिन इतिहास

   
300   पटक पढिएको

अर्घाखाँची। पाल्पाको रामपुरबाट हिडेर नौ दिनको दिन रोल्पाको थवाङ्ग पुगियो । सातदिनको कार्यक्रम सकेर फर्कने क्रममा अर्घाखाँचीको बाटो जान पर्यो भनेर साथिहरुसगँ अनुरोध गरे ।एकजना साथी लिएर म अन्य साथिहरुबाट छुट्टिए । अर्घाखाँची ढाकावाङ्को पिपलनेटामा अवस्थित माध्यमिक विद्यालयका सरहरुसगँ भेटघाट र भलाकुसारी गरौं भनेर म विद्यालयको अफिसमा छिरे । कुलानन्द बन्जाडे सर सहित सबै गुरुहरुसगँ भेटघाट र भलाकुसारी भयो । ढाकावाङ गा. वि. स .का निर्वाचित अध्यक्ष आदरणीय दाजु शिव खनालको घरमा पनि ताला लगाइएको रहेछ ।

वहाँ कि छोरिले यसै मा. वि . मा पढाउने रहिछन । विष्णुहरि भन्ने यिनै हुन भन्ने जानकारी पाएपछि उनले मसगँ प्रश्न गरिन ” बुबालाई मैले केही कुरा सोध्न सक्छु ?” मैले भने कि निर्धक्कसगँ आफ्ना मनमा लागेका कुरा छोरिले सोध्न सक्छेउ । कुनै धक मान्न पर्दैन । अन्य सरहरुले पनि थप्नुभयो कि वहाँसगँ सोधपुछ गर्न कुनै अफ्ठ्यारो मान्न पर्दैन । मिसले सबै कुरा गर्दा हुन्छ । उनले भनिन कि मेरो हजुरबुबा भुवानन्द खनालले सजाय भोग्नै पर्ने कुनै गल्ती गर्नुभएको थियो वा थिएन हामिलाइ जानकारी भएन । यदि हजुरबुबाले गल्ती नै गर्नुभएको थियो भने पनि सजाय वहाँले मात्र पाउनु पर्ने ! वहाँको दोष हामी सबै परिवारले बोक्नु पर्ने ? यस्तो पनि कानुन हुन्छ र बुवा ? के जनअदालतको निर्णय यस्तै हुन्छ र ! त्यो घरमा अधिकार हामी सबैको पनि होला ! हामी हाम्रै घरमा बस्न नमिल्ने कारण के होला ? उनी भावुक भएर यहीँ प्रकृतिका प्रश्नहरु गरि राखिन ।

मैले ती प्रश्नहरुको कुनै चित्त बुझ्दो उत्तर दिन सकिन । खाली लोलेपोते कुरा ” अँ! छोरी के रहेछ हेरौंला ! विचार गरौंला ! भनेर हामी त्यहाँबाट अगाडि बढेउ । ती छोरिका प्रश्नहरुले मेरो मनमा कैयौं प्रश्नहरु उठाइदिएको थियो । मनमा अनेकौं प्रश्नहरु खेलिरहेका थिए । ढाकावाङबाट साझँ बासा बस्न जन्मघरमा पुगियो । गाउँबाट एकान्त घर खोजेर साँझ बासा बसेउँ । बिहान गाउँको सिरानमा पर्ने नारायण खत्री र तिलक खत्रीको आमाले खाना दिन लाग्नु भएको थियो । हामी खाना खाइरहेका थियौं । तिलकको आमाले भन्नुभयो कि ” बाबू हामिहरु पनि तिम्रै पार्टिलाई समर्थन गर्ने गरेका छौं । चुत्रावेशी मेरि छोरिको घरमा बाबुको पार्टिले किन होला बम पट्काइदिएको ! त्यो सम्पत्ती सम्धिले जोरेका होइनन केरे । सबै हाम्रो ज्वाइले जोर्नुभएको हो । मैले यो कुराको उत्तर दिन सकिन, खाना पनि त्यति सारो रुचेन । मन धमिलो भयो, हामी अगाडि बढेउ ।

मेरो मानसपटलमा अर्घाखाँचीका ती दुई घटनाहरु घुमिरहेका थिए । मैले यो कुरा भाइसाहब टोप बहादुर जी र बहिनी पम्फा भुषालसगँ राखे । मलाई अर्घाखाँची सरुवा गरिदिन सबै सग अनुरोध गरे । मेरो कुरा मन्जुर भयो म अर्घाखाँचीको जनसरकार प्रमुखमा नियुक्ति भए ।

केही महिनापछि पार्टीको ठुलै कार्यक्रम कास्किको सिकलेसमा हुने भयो । हामी सबै त्यहाँ सहभागी बनेउ । त्यति बेलासम्म पार्टीले केही चिन्तन र कार्यशैली अराजक र उत्याउलो भएको र त्यसले देशमा केही नमिठा घटनाहरु हुन पुगेको कुरा पनि महसुस गरेको थियो । वार्ताको माध्यमबाट सेफलेन्डिङ तर्फ जाने अर्थात सुरक्षित अवतरण गर्ने मनस्थितिमा पार्टी पुगेको थियो ।वार्ताको वातावरणको लागि तात्कालिन गृह मन्त्री कृष्ण सिटौला पनि पार्टिको नेतृत्वसगँ भेट गर्न हेलिकप्टरबाट सिकलेस आइ पुगेका थिए ।

मेरो मानसपटलमा अर्घाखाँचीका ती दुई घटनाहरु घुमिरहेका थिए । मैले यो कुरा भाइसाहब टोप बहादुर जी र बहिनी पम्फा भुषालसगँ राखे । मलाई अर्घाखाँची सरुवा गरिदिन सबै सग अनुरोध गरे । मेरो कुरा मन्जुर भयो म अर्घाखाँचीको जनसरकार प्रमुखमा नियुक्ति भए । सिकलेकको समापनपछी साथिहरु सहित हामी अर्घाखाँची तर्फ लागेउ । खिदिम पोखराथोकको संंस्कृत विद्यालयको प्राङ्गणमा जनसरकारको तर्फबाट जनसभाको आयोजना गरियो । त्यो कार्यक्रमबाटै अठार बुँदे नीति कार्यक्रम सार्वजनिक गरियो । केही समयदेखि बन्द गरिएका बोर्डिङ स्कुलहरु खोल्नको लागि अनुरोध गर्ने र युद्दको दौरानमा बन्द गरिएका घर जग्गाहरु सबै फुकुवा भएको घोषणा पनि त्यो सभाबाट सार्वजनिक गरियो ।

त्यसको पाँच दिनपछि चुत्रावेशीका सबै पुर्व बोर्डिङ सचांलक र त्यहाँका बुद्दिजिवी महानुभावहरुलाइ भेटघाटको लागि खन दहमा आमन्त्रण गरियो । उत्साहका साथ आशा र विश्वास बोकेर सबै साथिहरु त्यहाँ पुग्नुभयो । भेटघाट भलाकुसारी पछि हामिले वहाँहरुलाइ बोर्डिङ पुनः सचांलनको लागि अनुरोध गरेउ । हाम्रो अनुरोधलाई वहाँहरुले स्विकार्नु भयो । बोर्डिङ पुन सचांलन गर्ने सहमती भयो । नयाँ सत्ताको तर्फबाट वहाँहरुलाइ अनुमती पत्र प्रदान गरेउँ । जिल्ला कमिटिका पाँचजना साथिहरु संकटकालको कारणबाट एमालेको रसिद काटेर सुरक्षित हुनु भएको रहेछ । वहाँहरुलाइ हामिले भनेउ कि ” कमरेडहरु ! आँधी हुरि र असिना परेको समयमा ठाँटिमा, पौवामा, ओडारमा वा बासको झाङ्गमा ओत लाग्नु परिस्थितिको बाध्यता हो । अब हुरि बतास र असिना रोकिएको छ, कमरेडहरु आआफ्नो घरमा फर्कन सक्नुहुन्छ । ” यो कुरा साथिहरुको दिलमा ट्वाक्कै बस्यो । पाँचजना नेतृत्वका साथिहरुमध्ये चारजना साथिहरु यथास्थानमा फर्कनुभयो ।

सर्वप्रथम अर्घा मैदानमा अवस्थित हाम्रो आदरणीय दाजु रेवती प्रसाद भुषाल ज्यु ( पुर्वमन्त्री) को घरमा ताला खोल्नको लागि रेवती दाजु सहित हामी त्यहाँ पुग्यौं । अनुरोध रपछि साथिहरुले ताला फोड्नुभयो । बैठकको ताला पनि फोड्नु भयो ।

युद्दको महामारिको बिचमा अर्घाखाँचीका केही घरहरुमा ताला लगाइएको स्थिती थियो । सर्वप्रथम अर्घा मैदानमा अवस्थित हाम्रो आदरणीय दाजु रेवती प्रसाद भुषाल ज्यु ( पुर्वमन्त्री) को घरमा ताला खोल्नको लागि रेवती दाजु सहित हामी त्यहाँ पुग्यौं । अनुरोध रपछि साथिहरुले ताला फोड्नुभयो । बैठकको ताला पनि फोड्नु भयो । रेवती दाजु मुलढोकाबाट भित्र प्रवेश गर्नुभएन , भित्रपट्टी तामा , काँसो , चरेसका थाल कटौरा छन कि हराएका छन भन्ने ख्याल गर्नु भएन । वहाँ बैठकमा जानुभयो ,हसिलो चेहरा बनाएर फर्कनुभयो । खानाको बन्दोबस्त गरिएको थियो । सबैले खाना खायौं । वहाँको आगनमा सानो कोणसभा भयो । दाजुले मन्तब्य राख्दा मेरो सियो धागोसम्म पनि साथिहरुले चलाइदिएका रहेनछन भन्नू भयो । भित्र नपसिकन दाजुले आत्मविश्वासका साथ यो कुरा बोल्नुभयो ” किन होला भन्ने लागेको थियो । फर्कने समयमा बैठकबाट दाजुले दुइवटा गरुङ्गा थैला महेन्द्र जीपको माथी राख्न अराउनुभयो । ती थैलाको प्रकृति हेर्दा त्यसमा पुराना मोहरहरु पो थियो कि जस्तो लाग्छ । यति मुल्यवान बस्तु हराएको छैन भने तामो काशो हराउने त कुरै भएन भन्ने दाजुको बुझाइ रहे होला ! वास्तवमा हराउन त केही हराएको थिएन । दाजु सगँ ति के थिए भनेर सोध्ने अवसर पनि जुटेको छैन । त्यसरी नै बागी गुरासे कमरेड पिताम्बर भुषालको घरमा पनि ताला थियो , हामी गएर त्यहाँ पनि खोल्ने काम गर्यौ । पर्सि पल्ट ढाकावाङ गा.वि.स. अध्यक्ष दाजु शिव खनालको घरमा लागेको ताला खोल्नको लागि जनमोर्चा कमरेडहरु शेर बहादुर जी , सागर केसि जी सहित कोको हुनुहुन्थ्यो कुन्नी! त्यहाँ पुगेर वहाँको घरको तालापनी खोलिदिएर हामी फर्किएका थियौं ।

त्यस समय जिल्लामा भावना र विचार मिलेको टिम थियो, क.कुशल (वसन्त शर्मा) अत्यन्तै शालिन र भद्र व्यक्तित्व : जिल्ला इन्चार्ज हुनुहुन्थ्यो । चन्द्र खडका (क.उज्वल ) पार्टी सेक्रेटरी उर्जावान व्यक्तित्व किशोर लगायतका साथिहरुको एकतामा हामी समस्याका गाठाहरु फुकाउदै गएका थियौं । त्यतिबेला विभिन्न ठाउँहरुमा जनसभाहरुको आयोजना गरि बिगतका कामहरुको राम्रो नराम्रो बारेमा समिक्षा गर्ने विधि पनि हामिले अवलम्बन गरेका थियौं । त्यति नै बेला रा.प्र. पा.ले सत्ताको नेतृत्व गरिरहेको सन्दर्भ थियो । त्यसकारण रा.प्र. पा . लाई पार्टीले प्रमुख प्रतिद्वन्द्वीको रुपमा चित्रण गरेको थियो । संयोगले त्यो पार्टीको जिल्ला अध्यक्ष हाम्रो मामा खेमराज भुसालजी हुनुहुदो रहेछ । वहाँलाई साथिहरुले हिटलिस्टमा राख्नु भएको रहेछ । यसले गर्दा निकै चिन्तामा परियो । अब के गर्ने होला भन्ने मनमा पिर परिरहेकै थियो । अनि एउटा उपाय निकालेर वहाँको छोरा रामजी भुसालजीलाइ लम्ची; वहाँको ससुराली घरमा भेट गर्न बोलाए । वहाँ त्यहाँ आइपुग्नु भयो । मैले भने कि हेर्नुस ज्वाइँ साहब ! कुरा यस्तो छ , त्यसैले हजुरले मामालाइ सम्झाइ बुझाइ गरि स्वास्थ्यको कारण देखाएर त्यो पार्टी अध्यक्षबाट राजिनामा दिन लगाउन पर्यो । वहाँले विषयको गम्भीरतालाई ट्वाक्कै बुझ्नुभयो । पर्सिपल्ट राजिनामा लिएर मसगँ आइपुग्नु भयो । दुबै जना सार्है हर्षित भयौं । समस्या सजिलैसगँ समाधान भयो । जिल्लामा देखा परेका समस्याहरु हामिले सामुहिक रुपमा सरसल्लाहको माध्यमबाट समाधान गर्दै अगाडि बढेका थियौं ।स्रोत - समय पोष्ट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया