काठमाडौं, ११ पुस । कक्षा १२ को परीक्षा छुटेको विद्यार्थीका लागि परीक्षा तालिका सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसका संक्रमित भएर कक्षा १२ को परीक्षाबाट बन्चित भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक गरिएको हो।
छुटेका विद्यार्थीका लागि १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको छ । सम्बन्धी विद्यालयमै परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।
कोरोनाका कारण स्थगित भएको कक्षा १२ को परीक्षा गत ९ देखि १६ पुसमा सञ्चालन भएको थियो।
तपाईको प्रतिक्रिया