Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

प्रचण्ड-माधव समूहको नेकपाद्वारा पुस २० गतेदेखि २३ गतेसम्म दोस्रो चरणको आन्दोलनको घोषणा

   
100   पटक पढिएको

काठमाडौँ। प्रचण्ड-माधव समूहको नेकपाले पुस २० गतेदेखि २३ गतेसम्मका लागि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

यही शनिबार दिउँसो काठमाडौँमा पत्रकार सम्मेलन गरी नेताहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले यही पुस २४ गते देशबासीहरुसँग क्षमायाचना गर्दै असंवैधानिक कदम सच्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाउने तयारी गरेको जनाएको छ ।

साथै सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको पनि उक्त समूहले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया