कमला घिमिरे ,अर्घाखाँची।
पौष २२ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका बलकोटमा जन्मेका मोडल ,सर्जक ,कृष्ण सापकोटा नेपाली लोकसांगीतिक क्षेत्रमा बिगत केहि बर्ष यता देखि नै एकदमै निरन्तर रुपमा सक्रिय रहदै दर्शक श्रोताहरु बाट निकै नै चर्चा बटुल्न सफल रहेका छन् ।
पछिल्लो समयमा ब्यापक चर्चामा रहेका सर्जक तथा चर्चित मोडल कृष्ण सापकोटाको " बाच्नै मन लाउदैन " बोलको गित भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ।
के.एस. फिल्मसको प्रस्तुति रहेको उक्त गीतमा सितल राज गीरी र सुस्मिता आचार्यको स्वरमा रहेको गितको लय गौरव गिरि ,शब्द जीवन गिरिले गरेका छ्न
भने उक्त भिडियोमा अहिले चर्चा मोडेल कृष्ण सापकोटा सँगै रितिका लामाको अभिनय रहेको छ।
सितल गिरिको निर्देशन रहेको गितलाई प्रतीक बा. श्रेष्ठले छायांकन गरेका छन् भने चेतन सागरले सम्पादन गरेका छ्न।
तपाईको प्रतिक्रिया