Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

बाइडेनको शपथग्रहण समारोहमा सहभागी नहुने ट्रम्पको घोषणा

   
149   पटक पढिएको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनको शपथग्रहण समारोहमा सहभागी नहुने घोषणा गरेका छन्।

जनवरी २० का दिन नवनिर्वाचित राष्ट्रपति बाइडेनले शपथ लिँदैछन्।‘मलाई थुप्रैले सोध्नुभएको छ, उहाँहरुलाई भन्न चाहन्छु– जनवरी २० को अभिषेक समारोहमा म जाने छैन,’ ट्रम्पले ट्विट गरेका छन्।

निर्वाचनमा हार बेहोरेपछि ट्रम्पले त्यसलाई स्वीकार गर्न सकिरहेका छैनन्। उनले चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन्।

बुधबार उनको उक्साहटमा भीडले संसदमा बाइडेनको जितको प्रमाणीकरण प्रक्रिया अवरुद्ध गरेपछि ट्रम्प संकटमा परेका छन्। उनका पार्टी र उपराष्ट्रपति माइक पेन्सले समेत उनको साथ छाडेका छन्। एजेन्सी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया