Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

जन्म जयन्ती राजनीतिक एजेन्डाका लागि थिएन : मनीषा कोइराला

   
106   पटक पढिएको

हरि कुँवर - काठमाडौं । पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गर्न अवरोध गरेकोमा अभिनेत्री मनिषा कोइरालाले सरकार प्रति दुख प्रकट गरेकि छन ।

पृथ्वी जयन्तीका दिन रत्नपार्कबाट निस्केको जुलुशको नेतृत्व गर्दै सिंहदरबारतर्फ जाँदै गर्दा मनिषालाई प्रहरीले भद्रकालीमै रोकेको थियो। उनले टुइटर मार्फत भनेकी छिन्- "जन्म जयन्ती मेरो कुनै राजनीतिक एजेन्डाका लागि थिएन "

प्रहरीले भद्रकालीबाट जुलुश जान रोकेको थियो मौलिक अधिकार खोसेर यो सरकार नेपाली को नभएको बताएकी छिन्। उनले भनिन् "हाम्रो समूहमा हामी सबैको राष्ट्रिय झण्डा समाहित गर्ने कडा अडान थियो !! यो हाम्रो सेल्फ प्रमोशन वा कुनै राजनीतिक एजेन्डाका लागि थिएन "

अभिनेत्री मनिषा कोइरालाले रास्ट्रप्रेमी युवाहरूलाई एक जुटहुन आग्रह समेत गरेकि छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया