Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

जनता भेडा हुन ?- बाबु रोका मगर

   
180   पटक पढिएको

अर्घाखाँची। के राख्या छ र भाषणमा? कास ती भाषणबाट मिठा शब्द होइन अनाजका दाना निस्कन्थे भने कयौ गरिब किसानहरु भोकै बस्नु पर्दैन्थ्यो ।

ज्ञानेन्द्र शाही, रबि लामिछाने, हेमराज थापा, रमेश प्रसाईं, पुण्य गौतम अनी मुकुन्देले घाँटिको नसा फुल्लाइ फुल्लाइ भाषण दिए खैत जनता ले के पाए? जनताले पाउने भनेको उनिहरुबाट शिक्षा हो तर एउटा कानले सुन्छौ अर्को कानले उडाइदिन्छौं। पार्टिको कुरा गरुँ मसाल को भाषण र गित कस्ता छन मनै सिरिङ् हुन्छ तर हामी भाषणमा मात्रै सिमित रह्यौ अब कुरो गरुँ माओवादी पार्टी को जस्ले बन्दुकको नालबाट क्रान्ति सुरु गर्यो देशको सबैभन्दा ठुलो पार्टी बनायो त्यस पार्टी को झण्डा समाउनेहरु कतिपयले जिन्दगी बनाए पैसा थुपार्नेहरु ले थुपारे । एमाले ले गेम खेल्यो काँग्रेस ले मौका हेर्यो सर्वसाधारण हामी जनता जिन्दावाद र मुर्दावाद भन्दैमा जिन्दगी गयो र अझैपनी सभा जुलुस भन्दै हिड्छौ त्यसै भनेका रहेन्छन जनता भेडा हुन भनेर ।

परिवर्तन को नाममा कयौं सभा जुलुस अनि क्रान्ति भयो राँणा फेरियो पंचायत फेरियो राजा फेरियो पालैपालो नेताहरु फेरिए कयौं सहिद बने तर यो देशको ब्यबस्था फेरिएन । जनताहरु बाट निर्वाचित भएर फेरि जनताहरु माथी नै विभिन्न बहनाबाट कर असुली गरि आफ्नो पुस्तौ सम्म पुग्नेगरी धन सम्पत्ती थुपारेक छन तर जनता भने भोकै मर्न बाध्य छन ।

नेता भनिने देशका दलालहरु ले स्विस बैंकमा जमा गरेको त्यो पैसा उनिहरु को हो जस्को जिन्दगी झुपडीबाट सुरु हुन्छ र झुपडीमा नै अन्त्य हुन्छ त्यो पैसा उनि गरिबहरु को हो जो ब्याक्ती दिनको १८ घण्टा पूरा महिना काम गर्छ र पनि उस्को जहान परिवार भोकै सुत्न वाध्य हुन्छन त्यो पैसा ति आमा दिदी बहिनिहरु को हो जस्ले थोपा थोपा पसिना बगाएर आफ्नो गुजारा टार्छन ।

नेपाली जनताहरु ले खै यो कुरा बुझेको?

देशप्रेमी नेपाली जनताहरु ले यो सोचेर चल्नुपर्छ सबभन्दा पहिले राष्ट्र सर्बपरी हो यदि राष्ट्र नै रहेन भने हाम्रो पहिचान के हो त? हामी र हाम्रो देशको मुख्य दुश्मन भारत, चाइना, अमेरिका होइनन मुख्य दुश्मन त हाम्रै देशका नाइकेहरु हुन जस्ले तपाइँ हाम्रो आँखामा छारो हालिरहेका छन टुट्ने फुट्ने अनि फेरि जुट्ने गर्दै देशको ढुकुटी रित्तो पार्दैछन ।

तपाइँ हामी देशको लागि भनेर जति उफ्रेपनी कराए पनि आखिर घुमाइफिराइ नेताहरुले हामी जनताहरु लाइ भेडा बनाएकै छन बिडम्बना हामी भेडा जनतामा चेतनाको बिकास कहिल्यै हुन सकेन हामी भेडा नै रहने भयौं ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया