कमला थापा ,सन्धिखर्क।
पौष २९ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँचीबुलेटिन द्वारा आयोजित प्रथम खुल्ला क्रिकेट बुलेटिन कपको तेस्रो दिनको दोस्रो खेलम सृजनशिल क्रिकेट क्लब अर्घाले सगरमाथा क्रिकेट क्लब धारापानीलाइ ८ विकेटले पराजित गएको छ।
पौष २७ गते सोमबार देखि शुरु भएको भएको बुलेटिन कपको प्रतियोगितामा २० टिमले सहभागिता जनाएका छन्।
प्रतियोगताको तेस्रो दिनको दोस्रो खेल सृजनशिल क्रिकेट क्लब अर्घा र सगरमाथा क्रिकेट क्लब धारापानी बीच भएको थियो।
सगरमाथा क्रिकेट क्लब धारापानी ले पहिलो ब्याटिंग गर्दै सृजनशिल क्रिकेट क्लब अर्घालाइ जितको लागि ८३ रनको तार्गेट दिएको थियो। सृजनशिल क्रिकेट क्लब अर्घा ले ८३ रनको लक्ष्य लाइ पछ्याउँदै दोश्रो ब्याटिंगका लागि मैदानमा उत्रीएको उक्त टिमले १० ओभरमा आफ्ना २ विकेट गुमाउंदै ८ विकेटले जित निकालेको हो।
खेलमा उत्कृष्ट हुने सुनिल केसी खेलाडीलाइ अर्घाखाँचीबुलेटिनका प्रबन्धक पिताम्बर थापा र सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीले मेडल प्रदान गरेका थिए।
उनले आफ्नो टिमको तर्फ बाट ४२ रन बनाउँदै १ विकेट लिएका थिए।
तपाईको प्रतिक्रिया