पार्वता मरासिनी,सन्धिखर्क।
पौष २९ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँचीबुलेटिन द्वारा आयोजित प्रथम खुल्ला क्रिकेट बुलेटिन कपको तेस्रो दिनको तेस्रो खेलमा यूनाइटेड क्रिकेट क्लब अर्घाले सौजन्य समाज किमडाँडालाइ १५ रनले पराजित गरेको छ।
पौष २७ गते सोमबार देखि शुरु भएको भएको बुलेटिन कपको प्रतियोगितामा २० टिमले सहभागिता जनाएका छन्।
प्रतियोगताको तेस्रो दिनको तेस्रो खेल यूनाइटेड क्रिकेट क्लब अर्घा र सौजन्य समाज किमडाँडा क्रिकेट क्लब बीच भएको थियो।
युनाइटेड क्रिकेट क्लब अर्घाले पहिलो ब्याटिंग गर्दै सौजन्य समाज किमडाँडालाइ जितको लागि ८४ रनको तार्गेट दिएको थियो। सौजन्य समाज किमडाँडाले ८४ रनको लक्ष्य लाइ पछ्याउँदै दोश्रो ब्याटिंगका लागि मैदानमा उत्रीएको उक्त टिमले १० ओभरमा मात्र ६९ रन बनाएको थियो। यस संगै सौजन्य समाज किमडाँडा युनाइटेड अर्घा विरुद्व १५ रनले हार झेल्न पुगेको छ।
खेलमा उत्कृष्ट हुने माधव भण्डारी खेलाडीलाइ सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीले र वडा सदस्य भेषराज क्षेत्रीले मेडल प्रदान गरेका थिए।
उनले आफ्नो टिमको तर्फ बाट ५६ रन बनाउँदै २ विकेट लिएका थिए।
तपाईको प्रतिक्रिया